आज देखि फेरी देशभर मनसुन सक्रियतामा : चट्याङ, बाढी र पहिरोको त्रास थपियो, सतर्कता अपनाउन आग्रह

Image
Nisarga Hospital

देशभर मनसुनी प्रणालीको सक्रिय प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम र मध्य भूभागमा सरदर स्थानभन्दा उत्तरतिर तथा पूर्वमा सामान्य स्थानमै रहेकाले देशका अधिकांश भागमा बदली र वर्षाको स्थिति छ।

CP Hospital Dhangadhi

हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसोसम्म देशभर सामान्यतया बदली रहनेछ भने ती प्रदेशका धेरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र केही पहाडी भागहरूमा भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना छ।

Attariya Hospital

देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम वर्षासँगै हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ। रातिपनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानहरूमा चट्याङसहित वर्षाको सम्भावना रहँदै, केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

nawajiwan

विशेष गरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकोले बाढी, भूक्षय, पहिरो तथा गेग्रान बहावजस्ता प्राकृतिक जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन मौसम महाशाखाले अनुरोध गरेको छ।