साफ यू-२०: उपाधिका लागि नेपाल आज बंगलादेशसँग निर्णायक भिडन्तमा

Image
Nisarga Hospital

साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत नेपाली महिला फुटबल टोलीले आज बंगलादेशसँग उपाधि भिडन्त गर्दैछ। फाइनल सरह मानिएको यो खेल ढाका स्थित बसुन्धरा किंग्स एरेनामा साँझ ६:४५ बजे सुरू हुनेछ।

CP Hospital Dhangadhi

बंगलादेश ५ खेलमै जित निकाल्दै १५ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल ४ जित र १ हारसहित १२ अंकमा दोस्रो स्थानमा छ। अघिल्लो खेलमा नेपाल बंगलादेशसँग ३–२ ले पराजित भएको थियो।

Attariya Hospital

नेपालले भुटान र श्रीलंकालाई फराकिलो अन्तरले हराउँदै कुल ३० गोल गरेको छ, जबकि बंगलादेशले २४ गोलमात्रै गरेको छ। दुवै टोलीले ४–४ गोल खाएका छन्।

nawajiwan

आजको खेल जितेमा नेपाल अंक बराबरी गर्न सक्छ र त्यसपछि च्याम्पियन बन्न गोल अन्तर निर्णायक हुनेछ। यसैले नेपाली टोलीलाई जित्नैपर्ने दबाब छ। निर्णायक क्षणमा मैदान उत्रन लागेका नेपाली खेलाडीहरू उपाधिका लागि संघर्ष गर्न तयार छन्।