आज साउनको अन्तिम सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

Image
Nisarga Hospital

आज साउन महिनाको अन्तिम सोमबार अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। साउन महिनाका हरेक सोमबार ब्रत बसेर भगवान शिवको पूजा गर्ने महिलाहरूले आज विधिपूर्वक व्रत समाप्त गर्दैछन्।

CP Hospital Dhangadhi

साउनको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिने भएकाले यस दिन व्रत, पूजापाठ, दानपुण्यजस्ता धार्मिक कार्य गरिन्छ। यस अवसरमा ‘बोलबम’ तीर्थालुहरूको पनि विशेष भीड देखिएको छ। काठमाडौंको सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउने बोलबम श्रद्धालुहरू बिहानैदेखि लाइनमा छन्।

Attariya Hospital

पशुपतिनाथसँगै भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेवस्थल हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वरलगायतका शिवालयमा पनि भक्तजनको ठूलो उपस्थिती छ।

nawajiwan

चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबारको अवसरमा पूजा र बोलबम मेलामा सहभागी भक्तजनको भिड देखिएको छ।