टप एन्ड टी-२० : चौथो खेलमा आज नेपाल र होबार्ट आमनेसामने

Image
Nisarga Hospital

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले आज आफ्नो चौथो खेल होबार्ट हरिकेन्ससँग खेल्दैछ।

CP Hospital Dhangadhi

डार्विनस्थित पार्मर्स्टनको काजालिस एरेनामा हुने खेल नेपाली समयअनुसार विहान ११:१५ बजे सुरु हुनेछ। नेपाली टोलीको कप्तानी रोहित पौडेलले गरिरहेका छन् भने होबार्टको कप्तानी बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइटले सम्हाल्नेछन्।

नेपाल हालसम्म खेलेका तीनै खेलमा पराजित भएको छ। पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रन, दोस्रो खेलमा बंगलादेश एसँग ३२ रन र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो।

nawajiwan
Attariya Hospital

यस्तै, होबार्टले तीन खेलमध्ये एक जित निकालेको छ। पहिलो खेलमा एसीटीलाई पराजित गरेको होबार्ट त्यसपछि मेलबर्न स्टार्स र एनटी स्ट्राइकसँग हारको सामना गरेको थियो।

११ टोली सहभागी यस सिरिजमा सबैले ६-६ खेल खेलेपछि शीर्ष ४ मा पर्ने टोलीले सेमिफाइनल खेल्नेछन्। हाल अंकविहीन नेपाल पुछारबाट दोस्रो स्थानमा छ।

नेपालले यसपछि बुधबार मेलबर्न रेनेगेड्स र शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्ने कार्यक्रम छ।