
नेपालमा मंगलबार तीन पटक भूकम्पका धक्का महसुस गरिएको छ। राति ११:२३ बजे सिन्धुपाल्चोकको तल्लामाराङ आसपास ४.० म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यसअघि बिहान ६:१५ बजे गोरखा अजिरकोट–३ हंशपुर नजिकै ४.० म्याग्निच्युडको भूकम्प र दिउँसो ३:१३ बजे दोलखाको लापिलाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको अर्को धक्का गएको थियो।

लगातार तीन पटक भूकम्पका धक्का महसुस भए पनि अहिलेसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

































