नेपालमा फेरी पनि मनसुन तिव्र: कोशी–कर्णालीमा भीषण वर्षाको खतरा, सतर्क रहन आग्रह 🚨

Image
Nisarga Hospital

हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सामान्य स्थानमा र पश्चिमतर्फ सामान्यभन्दा दक्षिणतिर अवस्थित छ। सिक्किम आसपास विकसित भएको निम्नचापीय क्षेत्रको प्रभाव नेपालमा पर्ने देखिएको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ।

CP Hospital Dhangadhi

यसको असरका कारण कोशी र गण्डकी प्रदेशलगायतका पहाडी भूभागमा सामान्य बदली, बाँकी क्षेत्रमा आंशिक बदली देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडका केही स्थानहरूमा र अन्य भूभागका छिटफुट ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा सामान्यतया बदली र बाँकी भूभागमा आंशिक बदली रहने अनुमान छ। पहाडी क्षेत्रमा मध्यम वर्षा र कोशी तथा कर्णाली प्रदेशको पहाडी भागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

nawajiwan
Attariya Hospital

आज राति कोशी र मधेस प्रदेशसँगै पहाडी भूभागमा सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडका विभिन्न ठाउँमा मध्यम वर्षा र कोशी तराईका केही स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाले कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा भारी वर्षा हुने पूर्वानुमान भएकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ। भारी वर्षाले पहिरो, बाढी र यातायातमा अवरोध सिर्जना गर्न सक्ने भएकाले सतर्कता आवश्यक रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।