काठमाडौंमा अनिश्चितकालीन कर्फ्यु लागू, स्थानीय प्रशासनले आवत-जावत र सभा-प्रदर्शनमा रोक

Image
Nisarga Hospital

काठमाडौंमा आज बिहान ८ः३० बजेदेखि अनिश्चितकालीन कर्फ्यु लागू भएको छ। काठमाडौं महानगरपालिकाभित्रका विभिन्न क्षेत्रका लागि जारी गरिएको यस कर्फ्यु आदेश आगामी अर्को सूचना नआउँदासम्म लागू रहनेछ। प्रशासनले आदेशमा स्पष्ट पारेको छ कि कर्फ्यु अवधि भित्र कुनै पनि व्यक्ति आवत-जावत गर्न, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पाउने छैनन्।

CP Hospital Dhangadhi

कर्फ्युको आदेश ऐन बमोजिम जारी गरिएको भए पनि अत्यावश्यक सेवा, स्वास्थ्यकर्मी, एम्बुलेन्स, दमकल, शव वहान, सञ्चारकर्मी, मानवअधिकार तथा कुटनीतिक नियोगका सवारी साधन, पर्यटकका सवारी तथा हवाई यात्रु सुरक्षाकर्मीको सहजीकरणमा आवत-जावत गर्न सक्नेछन्।

काठमाडौंका प्रमुख चक्रपथहरू–बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वागमती पुल–समेत कर्फ्यु क्षेत्रभित्र पर्छ।

nawajiwan
Attariya Hospital

सवारी साधनको लागि विशेष मार्ग र सहजीकरणका व्यवस्था गरिएको भए पनि नागरिकहरूले आदेशको पालना गर्नु अत्यावश्यक रहेको प्रशासनले उल्लेख गरेको छ। प्रशासनले शान्ति, सुरक्षा र जनजीवनमा असर नपर्नेगरी कर्फ्यु पालनामा सबैको सहयोग अपेक्षित रहेको जनाएको छ।

Traffic Update: बस १०३ & १०० सञ्चालनमा सीमित।