
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, सानोठिमी, भक्तपुरले पठनपाठन र परीक्षा स्थगित भएको जानकारी सार्वजनिक गरेको छ। परिषद् कार्यालयको मिति २०८२।०५।२४ गतेको सूचनाअनुसार सबै शिक्षण संस्थामा स्थगित पठनपाठन मिति २०८२।०७।११ पछि सञ्चालन हुने गरी व्यवस्था मिलाउन निर्देशन दिएको छ। यस अवधिमा पठनपाठन समय जाडो बिदा र सार्वजनिक बिदासँग मिलाएर गणना गरिनेछ।


साथै परीक्षा नियन्त्रण कार्यालयबाट प्रकाशित सूचनाअनुसार भर्ना प्रक्रिया सुचारु रहन प्रशासन खुला राख्न समेत आग्रह गरिएको छ। डिप्लोमा/प्रमाणपत्र तहका वार्षिक र सेमेस्टर परीक्षा तथा प्रि-डिप्लोमा तहका वार्षिक/अन्तिम परीक्षाहरू पनि ११ असोजपछि सूचना अनुसार सञ्चालन गरिनेछ।


परिषद्ले यसका कारण पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी रहेको जनाएको छ। थप जानकारीका लागि www.ctevt.org.np
मार्फत सूचनाहरू हेर्न सकिनेछ।

































