
नयाँ सरकार गठनपछि देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ। आन्दोलनपछि केही दिनअघिदेखि लागू कर्फ्यू र निषेधाज्ञा हटेको छ। जनता आफ्नो पेशा र व्यवसायमा संलग्न भएका छन्। युवापुस्तासहित सम्पूर्ण देशवासीमा खुसी छाएको छ।


पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नारासहित नयाँ सरकार गठन भएको हो। सरकारले आमनागरिकको चाहनाअनुरूप शान्ति, सुव्यवस्था र कानुनी राज्यको अनुभूति दिलाउँदै तोकिएको समयसीमाभित्र निर्वाचन गरि सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ।

































