आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ : टुँडिखेलमा विशेष समारोह

Image
Nisarga Hospital

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ आज विविध कार्यक्रमसहित मनाइँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा बिहान ८:३० बजे सैनिक मञ्च, टुँडिखेलमा मुख्य कार्यक्रम आयोजना हुँदैछ, जसलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन्। वर्तमान राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै झाँकीलगायत अन्य कार्यक्रम भने स्थगन गरिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

संविधान २०७२ असोज ३ गते संविधानसभाबाट जारी भएको हो। नेपाली जनताको लामो सङ्घर्ष र बलिदानीपछि बनेको संविधानलाई तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट घोषणा गरेका थिए।

nawajiwan