ट्रम्पको यु’द्धवि’राम योजना : गाजामा रहेका बिपिन सँगै सबै ब’न्दीहरूको अवस्था सार्वजनिक हुने सम्भावना

Image
Nisarga Hospital

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले वासिङटनमा भेटेर गाजा युद्धविरामका लागि २० बुँदे योजना सार्वजनिक गरेका छन्। यस योजनाअनुसार हमासले ७२ घण्टाभित्र सबै इजरायली बन्दी (जिउँदा वा मृत) छोड्नुपर्नेछ। यसबाट गाजामा २०२३ अक्टोबर ७ देखि बन्दी रहेका नेपाली विपिन जोशीको अवस्थाबारे पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

योजना अनुसार इजरायलले २५० आजीवन कैदी र १७०० अन्य कैदीलाई मुक्त गर्नेछ। साथै, मृत बन्दीहरूको सट्टा गाजावासी शव फिर्ता गर्ने उल्लेख छ। गत असोजमा हमासले ‘बिदाइ तस्वीर’ सार्वजनिक गर्दा जोशीको तस्वीर देखिनुले उनको सुरक्षाबारे चिन्ता बढेको थियो।

ट्रम्पले युद्ध रोक्ने, हमासका हतियार हटाउने र अस्थायी प्रशासनिक बोर्ड गठन गर्ने प्रस्ताव गरेका छन्। तर, हमासले हतियार नछोड्ने स्पष्ट पारेको छ। यदि अस्वीकार गरियो भने इजरायललाई ‘समाप्त गर्ने अधिकार’ रहेको चेतावनी ट्रम्पले दिएका छन्। यो योजना कार्यान्वयन भएमा बन्दी मुक्तिसहित गाजाको भविष्य निर्णायक हुने देखिन्छ।