निकास खोजौँ, विनाश होइन

Image
Nisarga Hospital

हाम्रो भविस्य हाम्रो बर्तमानले निर्माण गर्छ। त्यसैले निकास खोजौं, बिनास होइन। हाम्रो भुराजनिती हाम्रो अस्तित्व अन्तको कारण नबनोस।

CP Hospital Dhangadhi

राजनीतिक दलको गुटवादी, नव सामन्तवादी नेतृत्वले अब उप्रान्त विदा लिनुहोस। गल्तीको सजाय भोग्नुपर्छ र भविष्यको बाटो अबरोध गर्नु हुन्न। तर परीवर्तनले खोजेको बिगत सच्याउने नाममा हुन कारवाहीको नाममा “मानव अधिकारको प्रतिबद्धताका विरुद्धमा कंगारु न्यायलाइ लागू गर्नुले शान्ति होइन द्वन्द्व निर्माण गर्ने छ। राज्यले अपराधको संरक्षण गर्नु पनि हुन्न। परीवर्तनले ल्याउने उन्नयन हो बदलाको माहौल होइन।” हामिलाइ असभ्य हुने अधिकार छैन, कानुनको निस्पक्ष र स्वच्छ पालना गर्ने कर्तव्य मात्र छ। कानुन हातमा लिन पांइदैन। सुरक्षा निकायको मनोबल कम्जोर बनाएर सार्बजनिक सुरक्षा कायम हुंदैन।

देशमा नागरिकको हत्या भएको र देश जलेको कुरा कदापी गौरवको विशय हुन सक्दैन, तर पनि क्रान्ति, बिद्रोह र आन्दोलनमा हिंसा र उपद्र्व हुन्छ। जंहा मानिसको विवेकले काम गर्छ, त्यांहा नोक्सानिलाई खपिन्छ, किनकी त्यो हुनुपर्ने बाध्यता भयो। तर असल नागरिक भएको समाजले त्यस क्रान्ति, बिद्रोह वा आन्दोलनलाई “गौरवीकरण” (ग्लोरीफिकेसन) गर्दैन, उपलब्धिहरुलाइ समाजको सेवामा रुपान्तरण गर्दै अघि बढ्छ।

nawajiwan

आज नेपालीहरुले यहि यथार्थलाइ आत्मसात गरेर अगाडी जानुपर्छ।हामी उपद्रवलाई गौरबिकरण गर्दै द्वन्द्को खेती गर्न उद्धत भएको अनुभुती हुन्छ। हामिले हाम्रो भुराजनितीलाइ ख्यालगर्दै उन्नत निकासको बाटो खोज्नुपर्छ। तसर्थ, हामीले निम्न निकाशका उपाएमा रास्ट्रीय जनमत निर्माण गर्नुपर्छ।

१. नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, समाजवादी, जसपा र राप्रपा सबै दलका अध्यक्ष लगाएत तंपाइहहरुको कन्द्रीय कमिटीमा पटक, पटक रहनु भएका, पार्टीलाई बिबिध गुटमा बिभाजित गरेर दलभित्र षड्यन्त्रको विशाल जंजाल तयार गर्ने महारथ हासिल गर्नुभएका सबैलाइ पार्टीका जिम्मेवार पदबाट बिदा दिएर, विशेष महाअधिवेशनबाट नंया नेतृत्व स्थापित गर्नुको कुनै बिकल्प छैन।उहांहरुको राम्रो कामको लगत राख्नु पर्छ र नराम्रो कामको पनि लगत राख्नुपर्छ। भारतिय कांग्रेसले यसो गर्न सकेन, र बिजोग छ। नेपाली कांग्रेसले यो बुज्नुपर्छ। चिनिया कम्युनिस्ट पार्टीले माओकालको मुल्यांकन गर्दै आफुलाइ नंया नेतृत्वमा लग्यो, आज त्यो चीन निर्माण गर्न सफल भयो। कम्युनिस्टहरुले यो बुझ्नु पर्छ। बर्तमान युवा जनबिद्रोहमा व्यापक घुसपैठ भयो, त्यो सबैलाइ थाह छ। तर आन्दोलन चै तंपाइहरुका बिरुद्ध भएकै हो र सबै पुस्ताको समर्थन भएकै हो। सचेत नागरिक देश बनाउन बिद्रोह चाहन्थे, तर अभद्र कसैको स्वार्थ बोकेका देश बिरोधी स्वार्थी समुहले देशै जलाइदिए।

२. हिजो सत्तामा पटक पटक पुगेका र पुग्न आएका कसैलाई “देशको माया होइन” केवल पदको मात्र माया लाग्यो। तंपाहरु कोहिपनि छैन जस्ले दृश्य अदृश्य शक्तिका अगाडी घुंडा टेकेको छैन। फरक कति मात्र हो भने कसैका घर जले, कसैका जलेनन। कोहि कसैका घर जलाउन लागे, कोहि कसैका। हरेक पार्टीका कोहि न कोहि अर्कोको घर जलाउन लागे र पार्टीभित्रै एक गुटका अर्का गुट्का नेताको घर जलाउन पनि लागे। यहि बेला रास्ट्रका धरोहर जलाउन बिदेशीका प्यादाहरु लागे र उद्धेलित युवा उन्का गोटि बने। किन तेसो भयो, राम्रो संङ्ग ख्याल गर्नुहोस त, तंपाइहरुका बिगतका कुसंस्कार हेर्नुहोस त (१) तपाईंहरुले निर्वाचनलाई पैसा र गुन्डाको बलमा अपवित्र पार्नु भयो कि भएन? (२)पैसा र छ्लछामबाट निर्वाचन जित्न सिडियो र प्रहरी अझ न्यायाधीश सम्म प्रयोग गर्नु भयोकि भएन? (३) राजनीति दर्सनलाई हगनगौंडीमा फ्याक्नु भयो कि भएन,(४) ठेक्का लगांउदा, आइजिपी नियुक्ति गर्दा, सचिव नियुक्ति गर्दा, राजदुत नियुक्ति गर्दा, आयोगका अध्यक्ष नियुक्ति गर्दा, न्यायाधीश नियुक्ति गर्दा पैसा लिनु भयो कि भएन? (५) आफ्नो बर्गीय आधार र सिद्धान्त छोडेर अपबित्र गठबन्धन बनाउनु भयो कि भएन? तंपाइहरुका वरिपरि बिदेशी चम्चा थिएकी थिएनन? पदबाट बाहिर बस्नै नसक्ने चाप्लुसहरुलाइ पोस्नु भयो कि भएन? यी अपराध मंहगा थिए रास्ट्रको सारभौमसत्ता र राज्य व्यवस्थाको आत्मनिर्णयको अधिकारका विरुद्ध । तंपाइहरुलाई जनताको कहिल्यै याद आएन। ६० किलोको माला ओडाउने चाप्लुसलाई पार्टीका मालिक र पार्टी बनाउने सोझा सिद्धान्तका कुरा गर्नेलाई त मट्टितेल खन्याएर भगाउनु भयो नि अत: यी घोर गल्ती र अन्यायका लागि तंपाइहरुले आफैं स्वइच्छाले पार्टीबाट बहीर्गमन गर्नुपर्छ।

३. २०४६ सालपछी बिदेशी संस्था र सरकारका सल्लाहमा तंपाइहरुले रास्ट्रका सबै सार्वजनिक निगम र संस्थाहरू तथा उद्धोगहरु बेच्नु भयो, कमिसन खानु भयो। जेन्जी भाइबहिनीहरु तंपाइहरु पनि तथ्यको खोजी गर्नुहोस। जो जो आज बिदेश संस्था संङ्ग जोडीएर आन्दोलन गर्दै हुनुहुन्छ तंपाइहरुले माया गरेका ती संस्थाहरुले नै यी नेतालाई बिगार्न भुमिका खेलेका हुन। यी नेता उनीहरुकै एन्जिओको घोडा बनेका हुन। उनिहरुले दिएका सबै पैसा उनिहरुकै गाडी, घर, यात्रा, तलबमा सिद्ध्याए्र गए र यी नेतालाइ बिलासी पनि बनाए। भ्रस्टाचारको बीउ त यिनैले रोपे जो आज तंपाइमाथि लगानी गर्दैछ्न।

Attariya Hospital

४. नेताज्युहरु, पजेरो कान्ड सहि थियो? ललीता निवास कान्ड सहि थियो? भुटानी सरणार्थी कान्ड, गिरीबन्धु कान्ड, वाइडबडी कान्ड, ओम्नि कान्ड सरकारी छापाखाना कान्ड, पतन्जली काण्ड ,टेलिकम्युनीकेसन का अनेक कान्ड, यी सबै भएका हुन र तंपाइहरुले जनताको चित्त दुखेको कुरा ख्यालै गर्नु भएन। यी गल्ती तंपाइहरुले स्वीकार गर्नै पर्छ। पैसा कसले कस्ले खाए थाह छैन। तपाईं प्रधानमन्त्री भएकाहरुले खाएको थिएन होला मानौ, तर छानबिन हुन किन दिनु भएन? अहिले सिंहदरबार र अन्य निकायमा आगो लगाउने मान्छेले अपराध गरेकै हो, तर जनताले थपडी मार्नुपर्ने अवस्था तंपाइहरुले निर्माण गर्नु भएको हो।

४. मानिसले चालक सवारी प्रमाणपत्रको डिजीटल कार्ड बनाउन कतिसमय भयो पैसा बुझाएको थाह छ? रास्ट्रीय परीचयपत्र बनाउंदा मानिसलाई कति हैरान पारीयो थाह छ? परिचयपत्र बनांउदा के के सुचना मागियो थाह छ? कति पटक मानिसले प्रमाणित गर्नु पर्ने हो म नेपालको नागरिक हुं भनेर? इम्बोस्ड नम्बरको नाटक देख्नु भयो? सबै नेपालीका व्यक्तिगत सुचना बिदेशीले लाने योजना तंपाइहरुलाइ थाह नभेकै हो र? होइन, थाह छ। यी सबै कुराका पछाडी कमिसन छैन? छ। तंपाइहरुले भन्सारमा भ्याट लगाउनु भएको छैन? यी सबै कुराले तंपाइहरुले आफना दलहरूलाई यति कम्जोर बनाउनु भयो कि पार्टीमा निर्भीक उतराधिकारी जन्मन नपाउने गरि बन्द्याकरण नै गर्नु भयो।

५. तपाइँहरुलाइ थाह छ तंपाइहरुका गुटवाद र पार्टीमा एकाधिकार कायम गर्ने नव समान्तवाले कति राम्रा उन्नत शिक्षित युवा पुस्ताको राजनीतिमा जीवन नास भयो?उनिहरु गरीब मात्र भएनन, राजनीतिप्रती नै बितृष्णाका शिकार भए। अनि कतिले जीवन धान्न ठगि गर्न र बाउन्सर बन्नुपर्ने भयो। यी उर्बर दिमाग ध्वस्त पारेर आज तंपाइहरु यहाँ आइपुग्दा के हालत भयो देशको?
६. झोले र दोग्ला बुद्धिजिबिलाई काखमा च्यापेर, आफ्नो स्वाभिमानमा बांच्नेलाई कुकुर लखेटझैं लखेटनु भयो। तिनै तंपाइहरुका चम्चा आज ठाडो हात लगाएर तपाईंको घर जल्दा ताली पिटदै छ्न। निस्वार्थ, देशभक्त र बिज्ञ कर्मचारीको हुर्मत लिएको थाह छ? कस कसलाई राजदुत, भिसी, डिन, आयोगका अध्यक्ष बनाउनु भएन! कहाँ पुर्याए तिन्ले आज बिस्वविद्धालयहरु! बिचारा तंपाइहरु, खोइ ती मान्छे आज तंपाइका बेहालका दिनमा?

७. तंपाहरु त “रेशमका नंया लुगा लगाउन नांगो महाराजा” को शैली र प्रवृत्तिमा मुग्ध रहनु भयो, एक बर्ष अगाडि देखि भैरहेको यो घटनाको कुनै सु्इको नै पाउनु भएन।

८. अत: अब युवापुस्तालाइ जिम्मा दिनुहोस। तंपाइहरुका कुनै पार्टी कुनै भन्दा कुनै कम छैनन, नेताको सामान्तीपन निर्माणमा। तर तंपाइहरुले आज बिगारेका ती पार्टी इतिहासका धरोहर हुन, जनताको त्यागले निर्माण गरेका।

९. अब देशले नंया नेतृत्वको निर्माण गर्नुपर्छ जस्ले बिज्ञान, उत्पादन र स्वरोजगार निर्माण गर्ने शिक्षा, रास्ट्रीय सुरक्षा र जनताको आयार्जन निर्माण गर्ने अर्थतन्त्र, बिदेशी मित्रहरूसंङ्ग समान सहयोग र समान दुरी कायम गर्ने बिदेश नीति, भारतसंङ्गको सांस्कृतिक समिपता र चीन संगको आर्थिक बिकासको सहकार्यको कुटनैतिक संस्कृति, बिदेशी सहायताको दुर्ब्यव्यसनबाट मुक्त भै उत्पादनमा स्वनिर्भरता, र युवाहरुद्वारा डिजिटल क्रान्तिको बाताबरण, पर्याबरणिय बृगेड बनाइ जंगल र कृषिको योगद्वारा रास्ट्रेय आम्दानी निर्माण र बाताबरणको संरक्षण, र रास्ट्रीय उत्पादनका लागि उत्पादन बृगेड बनाइ देशलाई अगाडी लानुपर्छ। निकम्मा भ्रष्ट कर्मचारीतन्त्र जो शासनमा बसेर देश बिरोधी काम गर्छ त्यसको पुनर्संरचना गर्नुपर्छ। आफू देशमा बसेर भ्रस्टाचार गर्ने र छोराछोरी बिदेशका नागरिक बनाउनेको संपती जाँच हुनै पर्छ।भ्रष्टाचार राजनीति दलमा बिचार र नैतिकताको राजनीति संस्कारको पुनर्जागरण भएपछि आफैं ठिकठाक हुन्छ। अब युवाहरूले आबिस्कार र डिजिटल क्रान्तिमा लाग्नुपर्छ । बौद्धिकहरुको नेतृत्वमा युवाहरूले लोकतन्त्रलाई “दलतन्त्रबाट झिकी नागरिक सर्बोच्चता” को मार्गबाट सामाजिक नागरीकतन्त्रक संस्थापन तर्फ लाग्नुपर्छ।

✍️ प्रा. डा. युवराज संग्रौला