आश्विन शुक्ल पूर्णिमादेखि कार्तिकस्नान आरम्भ, एकमहिना विष्णुपूजाको धार्मिक पर्व सुरु

Image
Nisarga Hospital

आश्विन शुक्ल पूर्णिमासँगै मंगलबारदेखि कार्तिकस्नान सुरु भएको छ। चान्द्रमान अनुसार आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म स्नान गरी भगवान् विष्णुको आराधना गर्ने परम्परा रहँदै आएको छ।

CP Hospital Dhangadhi

पञ्चाङ्गअनुसार मंगलबार बिहान ९ बजेर ३५ मिनेटसम्म पूर्णिमा तिथि रहेपछि कार्तिक कृष्ण प्रतिपदा लाग्नेछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. देवमणि भट्टराईका अनुसार आषाढ शुक्ल एकादशीमा तुलसी रोपेर कार्तिक शुक्ल एकादशीमा विवाह गर्ने चलनसँगै कार्तिकस्नानलाई विशेष धार्मिक महत्व दिइन्छ।

Attariya Hospital

यो अवधिलाई चतुर्मास भनिन्छ, जसमा कार्तिक महिना अत्यन्त पवित्र मानिन्छ। भक्तजनहरू बिहान सबेरै उठी स्नान गरी तुलसीको पूजा र आकाशदीप–पातालदीप बाल्ने परम्परा पालन गर्छन्।

nawajiwan

बाँस वा काठको खम्बामा बालिने आकाशदीप भगवान् विष्णुको नाममा समर्पित गरिन्छ। यस वर्ष कार्तिकस्नानको आरम्भ असोज २३ गते भई कात्तिक २२ गते सम्पन्न हुनेछ। धार्मिक ग्रन्थअनुसार कार्तिक महिनाभर स्नान र दीपदान गर्नाले पापकर्म नाश हुने र मोक्ष प्राप्त हुने विश्वास गरिन्छ।