मधेश प्रदेशको मुख्यमन्त्रीमा लोसपा नेता जितेन्द्र सोनल नियुक्त

Image
Nisarga Hospital

मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनल नियुक्त भएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(२) बमोजिम उनलाई आजै मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। ६ दलको समर्थनमा ५७ प्रदेश सांसदको हस्ताक्षरसहित सोनलले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गरेका थिए।

CP Hospital Dhangadhi

यसै क्रममा जनमतका १३ सांसदले काङ्ग्रेसको समर्थनमा पनि दाबी पेश गरेका थिए, तर पछि जनमतले सोनलको पक्षमा उभिएपछि प्रदेश प्रमुख कार्यालयले उनलाई नै नियुक्ति दिएको स्रोतले जनाएको छ।

Attariya Hospital

मुख्यमन्त्री नियुक्तिलाई लिएर मधेश प्रदेशमा दुवै पक्ष पुगेपछि अलि तनाव देखिएको थियो। निवर्तमान मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्व वनमन्त्री त्रिभुवन साह ‘दीपक’ले जनस्वराज पार्टी (जस्वपा) मा सनाखत गरे। निर्वाचन कार्यालयमा सिंहलाई रोक्ने क्रममा सामान्य झडपसमेत भएको थियो। मधेशमा नयाँ नेतृत्वसँगै प्रदेश सरकारले अब नयाँ अध्याय सुरु गरेको छ।

nawajiwan