जेन-जी आन्दोलन प्रकरणमा ओलीलगायत चार जनाविरुद्धको जाहेरी तामेलीमा

Image
Nisarga Hospital

जेन-जी आन्दोलनका घटनासँग सम्बन्धित पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित चार जनाविरुद्ध परेको जाहेरी तामेलीमा परेको छ। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएका घटनाको जिम्मेवारी माग्दै तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’का संयोजक सुदन गुरुङविरुद्ध जाहेरी दर्ता भएको थियो।

CP Hospital Dhangadhi

प्रहरी स्रोतका अनुसार प्राप्त प्रमाण र आधार अपुरो भएकाले ओली र लेखकविरुद्धको अनुसन्धान अगाडि बढ्न नसक्ने ठहरपछि जाहेरी तामेलीमा राखिएको हो। प्रहरी र सरकारी वकिलको कार्यालय काठमाडौंबीच लामो छलफलपछि यस्तो निर्णय भएको हो।

Attariya Hospital

यसअघि, जेन-जी आन्दोलनको घटना छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो। आयोगको प्रतिवेदन नआएसम्म मुद्दा अघि नबढ्ने निर्णय पनि गरिएको छ।

nawajiwan

ओली र लेखकविरुद्ध ‘हामी नेपाल’का संयोजक सुदन गुरुङले जाहेरी दिएका थिए भने त्यसपछि एमाले र कांग्रेसका भ्रातृ संगठनहरूले बालेन र गुरुङविरुद्ध पनि जाहेरी दिएका थिए। अहिले सबै पक्षविरुद्धका जाहेरी तामेलीमा परेका छन्।