कैलाली कारागारबाट भागेका थप एक कैदी प!क्राउ

Image
Nisarga Hospital

कैलाली: जेनजी आन्दोलनका बेला कैलाली कारागारबाट भागेका थप एक कैदीलाई पक्राउ गरिएको छ।

CP Hospital Dhangadhi

वडा प्रहरी कार्यालय धनगढीका प्रमुख,प्रहरी निरीक्षक बलराम पाण्डेय नेतृत्वकाे टाेलीले फरार रहेका लम्की चुहा ३ बस्ने ३३ बर्षिय तपेन्द्र बहादुर बिष्टलाई पक्राउ गरिएको हाे।

Attariya Hospital

पक्राउ परेका विष्ट लागुऔषध मुद्दामा कारागार चलान भएका थिए। जेनजी आन्दाेलनका बेला उनी कारागारबाट भागेका थिए।
उनलाई धनगढी बजारकाे शहिदगेट नजिकबाट समातिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

nawajiwan