विश्वकप लिग–२ मा अमेरिकासँग १०६ रनले नेपाल पराजित

Image
Nisarga Hospital

आईसीसी विश्वकप लिग–२ अन्तर्गत दुबईमा भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग १०७ रनले पराजित भएको छ। अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याउँदै नेपाल ३९.१ ओभरमै १५६ रनमा समेटिएको हो।

CP Hospital Dhangadhi

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले नटआउट ४० रन, आसिफ शेखले ३७ रन र भीम सार्कीले २९ रनको योगदान दिए। अमेरिकाका बलर हर्मित सिंहले घातक बलिङ गर्दै ६ विकेट झारे भने शुभम रन्जनले २ विकेट हात पारे।

यसअघि टस जितेपछि ब्याटिङ गर्दै अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनाएको थियो।

nawajiwan
Attariya Hospital

अमेरिकाका स्मिथ पटेलले ७५ र मिलन्थ कुमारले ७० रनको अर्धशतकीय पारी खेले। बलिङतर्फ नेपालका सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट हात पारे।

यस जितसँगै अमेरिका लिग–२ को अंकतालिकामा २१ खेलबाट ३० अंकसहित शीर्ष स्थानमा पुगेको छ भने नेपालले १७ खेलबाट १२ अंक मात्रै जोडेको छ।