कैलालीको गोदावरी नगरपालिका स्वास्थ्य शाखाले २०८१/०८२ को वार्षिक समिक्षा प्रस्तुत, जनस्वास्थ्य सुधारमा केन्द्रित योजना अघि बढाइँदै

Image
Nisarga Hospital

अत्तरिया: गोदावरी नगरपालिका स्वास्थ्य शाखाले २०८१/०८२ को वार्षिक समिक्षा सार्वजनिक गर्दै पालिकाभित्र रहेका आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूको क्रियाकलाप, प्रगति र आगामी योजनाबारे जानकारी दिएको छ।

CP Hospital Dhangadhi

वार्षिक समिक्षामा पालिका भित्रका मालाखेती अस्पताल, नागरिक आरोग्य केन्द्र र १८ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ७ वटा बर्थिङ सेन्टरबाट सेवाग्राहीहरूलाई प्रदान गरिएको स्वास्थ्य सेवा र चुनौतीहरूबारे प्रस्तुत गरिएको छ।

nawajiwan

वार्षिक समिक्षाले स्वास्थ्यकर्मीहरूको कार्यसम्पादन र सेवा विस्तारको मूल्याङ्कन पनि गरेको छ। पालिकाभित्र कार्यरत सयौँ स्वास्थ्यकर्मीहरूले ग्रामीण तथा शहरी दुबै क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको तथ्यांक प्रस्तुत गरिएको छ। यससँगै समुदायमा स्वास्थ्य जागरण, सफाई, पोषण तथा खोप अभियानमा पनि प्रगति देखिएको छ।


आगामी वर्षको योजनामा स्वास्थ्य सेवा पहुँच अझ विस्तार गर्ने, मातृ–शिशु स्वास्थ्यमा सुधार ल्याउने, आपत्कालीन स्वास्थ्य व्यवस्थापनलाई मजबुत बनाउने र सरुवा रोग नियन्त्रणमा नयाँ रणनीति लागू गर्ने लक्ष्य राखिएको छ।

oplus_0

गोदावरी नगरपालिका स्वास्थ्य शाखाले यस समिक्षामार्फत प्राप्त जानकारी र सुझावलाई आधार बनाएर पालिकाभित्र सबै उमेर समूहका जनताका लागि स्वास्थ्य र निरोगी जीवन सुनिश्चित गर्न अझ ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Attariya Hospital
oplus_0

स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीका अनुसार, पालिकाभित्र मातृ तथा नवजात शिशुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। बालबालिकालाई नियमित रूपमा भिटामिन, जुकाको औषधि र पोलियो खोप वितरण गर्ने अभियान निरन्तर सञ्चालन भएको छ। साथै पालिकामा सरुवा रोग नियन्त्रणमा विशेष ध्यान दिइएको छ। जनचेतना अभिवृद्धि, स्वास्थ्य जाँच शिविर सaञ्चालन र रोग निगरानी प्रणाली सुदृढ पार्ने कार्य तीव्र गतिमा भइरहेको छ। यी पहलहरूले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुका साथै समुदायमा रोग रोकथाम र सुरक्षित वातावरण सुनिश्चित गर्न महत्वपूर्ण योगदान पु¥याएको छ।

oplus_0

वार्षिक समिक्षाले स्वास्थ्यकर्मीहरूको क्रियाशीलता र सेवा विस्तारको मूल्याङ्कन गर्दै सामुदायिक स्वास्थ्य जागरण, सफाई, पोषण तथा खोप अभियानमा प्रगति देखाएको छ। स्वास्थ्य शाखाले स्वास्थ्य केन्द्रहरूको क्षमता अभिवृद्धि र जनतालाई समयमै सेवा पुर्‍याउने पहलमा जोड दिएको छ।

oplus_0

आगामी वर्षका योजनामा स्वास्थ्य सेवाको पहुँच अझ विस्तार गर्ने, मातृ–शिशु स्वास्थ्यमा सुधार ल्याउने, आपत्कालीन स्वास्थ्य व्यवस्थापन मजबुत बनाउने र सरुवा रोग नियन्त्रणमा नयाँ रणनीति लागू गर्ने लक्ष्य राखिएको छ। साथै अत्तरियामा रहेका पद्मा अस्पताल, सुनौलो परिवार नेपाल, अत्तरिया हस्पिटलले आफ्नो प्रस्तुतिकरण दिएका थिए।

गोदावरी नगरपालिका स्वास्थ्य शाखाले यस समिक्षामा प्राप्त सुझाव र तथ्यांकलाई आधार बनाएर पालिकाभित्र सबै उमेर समूहका जनताका लागि स्वास्थ्य र निरोगी जीवन सुनिश्चित गर्न ठोस पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।