NPL मा हारको शृङ्खला तोड्दै जनकपुर बोल्ट्सले प्रिमियर लिगमा पहिलो जित दर्ता

Image
Nisarga Hospital

जनकपुर बोल्ट्सले लगातार चार हारपछि नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा पहिलो पटक जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको रोमाञ्चक खेलमा जनकपुरले बलियो प्रतिद्वन्द्वी चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै नयाँ उत्साह सिर्जना गर्‍यो।

CP Hospital Dhangadhi

चितवनले निर्धारित २० ओभरमा १७७ रनको चुनौती प्रस्तुत गरेको थियो। तर, जनकपुरका ब्याट्सम्यानले संयमित खेल खेल्दै ४ विकेट गुमाएर लक्ष्य पुरा गरे। यस जितसँगै जनकपुरले आफ्नो हारको शृङ्खला तोडेको छ भने चितवन स्तब्ध रह्यो।

Attariya Hospital

विजयपछि जनकपुर टिमका खेलाडी र समर्थनकर्ताहरूमा उत्साहको लहर देखिएको छ। यस जितले टिममा आत्मविश्वास बढाएको र आगामी खेलहरूमा राम्रो प्रदर्शनको संकेत दिएको आयोजकले जनाएको छ।

nawajiwan