रविन्द्र ढाँट सेमिफाइनलमा न्यूजिल्याण्डका कासिब मुर्डोकसँग भिडन्त हुने

Image
Nisarga Hospital

नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्दै न्यूजिल्याण्डका कासिब मुर्डोकसँग भिड्ने भएका छन्। चीनको मकाउमा बिहीबार सम्पन्न ब्यान्टमवेट क्वाटरफाइनलमा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमै नकआउट गर्दै शानदार जित दर्ता गरेका हुन्।

CP Hospital Dhangadhi

पहिलो र दोस्रो राउन्डमा आक्रामक प्रदर्शन गरेका रविन्द्रले निरन्तर दबाब कायम राख्दै निर्णायक प्रहारपछि रेफ्रीलाई खेल रोक्न बाध्य पारे। अपराजित कासिब मुर्डोकले जापानका युनोसुके मिनामीलाई सबमिशनमार्फत पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका छन्।

Attariya Hospital

‘बझाङको बाघ’ उपनामले चिनिने रविन्द्र रोड टु यूएफसीमा जित निकाल्ने पहिलो नेपाली फाइटर बनेका छन्। मकाउमा हजारौं नेपाली समर्थकको उपस्थितिमा उनको जितपछि उत्सवसमेत मनाइएको थियो।

nawajiwan

अब सेमिफाइनलमा दुवै फाइटरबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। रविन्द्रले यो चरण पार गरेमा यूएफसीको मुख्य स्टेजसम्म पुग्ने ऐतिहासिक अवसर पाउनेछन्। उनी पछिल्लो समय नेपाली एमएमएमा उदाउँदो प्रमुख स्टारका रूपमा स्थापित हुँदै गएका छन्।