
सत्य शाश्वत हुन्छ वा परिवर्तित भन्ने सम्बन्धमा विभिन्न समयमा भिन्न भिन्न मत रहेका छन् । यथार्थवादी अरिस्टोटल, स्पेन्सर, जोनलक, वेकन आदि यथार्थ को वकालत गर्छन । प्रयोजनवादीहरु जोन डिवे, विलियम जेम्स लगायतका दार्शनिकहरु सत्य मानव निर्मित हुन्छ र सधैँ निर्माणको क्रममा हुन्छ भन्ने विचार व्यक्त गर्दछन । आदर्शवादी इश्वर र अध्यात्मलाई प्रधानता दिन्छन भने प्रकृतिवादीहरु प्रकृतिलाई नै सर्वेसर्वा ठान्दछन् । ज्ञानलाई प्रतिपादित ज्ञान, तार्किक ज्ञान, अनुभविय ज्ञान, आन्तरिक ज्ञान, इन्द्रिय ज्ञान गरि विभिन्न सिद्धान्तमा राख्न सकिन्छ । यस संसारमा कोही आस्तिक छन् कोही नास्तिक त कोही तटस्थ छन् ।

सनातन वा वैदिक परिवारमा पनि थुप्रै मान्यता र समूहहरु छन् । हाम्रा धर्मशास्त्रहरुले र भिन्न कालखन्डका अनुयायीहरुले आ-आफ्ना विचार थुप्रै ग्रन्थ र पन्थद्वारा प्रेशित गरेका छन् । हरेक परिवार र समूहका आ-आफ्नै मान्यताहरु छन् । सनातनमा धार्मिक कट्टरता भन्दा उदारतालाई आत्मसाथ गरेको देखिन्छ । यहाँ प्रस्तुत गरिएको शिर्षकका सम्बन्धमा केही चर्चा यसरी गरिएको छ ।
एकपल्ट श्रीकृष्ण र अर्जुनको सम्बाद भइरहेको थियो अर्जुनले श्रीकृष्णलाई सोध्नुहुन्छ …. “ हे माधव, विधाता ठूलो कि विधिको विधान ?” यस प्रश्नमा केही गम्भिर भएर श्रीकृष्ण भन्नुहुन्छ- “हे पार्थ म विधाता भएर पनि विधिको विधानलाई टाल्न सकेन। म राधालाई चाहन्थे, मीरा मनाई चाहन्थी तर मैले रुक्मिणीलाई भगाएर विवाह गर्नु पर्यो। मिरा ‘मीरावाई’ का नामले प्रख्यात भइन । रुक्मिणीको नाम कतै सुनिदैन । संसारले राधेय / राधाकृष्ण भनेर पुकार्छन । यसवाट तिमी आफै बुझ विधाता ठूलो या विधिको विधान।”

सूर्य पुत्र कर्णले क्रोधित भएर वासुदेवलाई प्रश्न गर्छन – “म शक्तिशाली सूर्यको पुत्र भएर पनि जीवनभरी दुःख, धोका, अपमान भन्दा अरु केही मिलेन, किन?” वासुदेव मुस्कुराएर भन्नुहुन्छ – “हे कौन्तेय, तिमीले सूर्य देवको परिचयमा मलाई गुनासो गर्यो तर म स्वयम नारायण भएर पनि जेलमा जन्मे, जन्मदै आमा-बुवावाट अलग भए, जन्मदै भयङ्कर सङ्कटमा परे, मेरा बा-आमा कालकोठरीमा महायातना सहेर बसे, माखन चोर नाम रह्यो, गाइवस्तु संग वाल्यकाल वितेकाले ग्वालो नामले चिनिए, पुतना, वच्छासुर लगायतका राक्षसने मलाई मार्न खोजे , मेरो आफ्नै मामा कंश मेरो काल बनेर म र मेरा आमा बाबालाई आजिवन यातना दिइरह्यो , अपमान र कुनामका संयाँ नाम मैले पाए, जहाँ सहायता गरे त्यहीं अपजस पाए…” कौरबहरुलाई सम्झाउदा पनि घमण्ड नछोडेकाले पान्डवको साथ दिदा गान्धारीको श्रापले यादव कुल विनास भयो । श्रीकृष्णले आफ्नै शरीरको अंग खुट्टाको बुडी औंला कमजोर हुदा जुन प्राण त्यागको कारण बन्यो। यो व्यक्ति वा विधाताको वशको कुरा होइन ।
श्रीकृष्ण भन्नुहुन्छ -” नाता हाम्रो मूर्जिले बन्दैन, लौकिक र अलौकिक सम्बन्धको फरक रहस्य छ। कुनै सम्बन्धले खुसि दिन्छन कुनैले हाम्रो परीक्षा लिन्छन् । सम्वन्धले हामिलाई केहि न केहि सिकाउँछ। कुनैले हाम्रो असली स्वरूप देखाउँछन । कुनैले गिराउँछन त कुनैले उठ्न सिकाउँछन । घर जति सफा गरे पनि ‘धुल’ रहन्छ, व्यक्ति जति राम्रो भए पनि भुल हुन्छ । जो राम्रो छ साथ दिन्छ, जो नराम्रो छ सबक सिकाउँछ ।” देवव्रत सधै आमाको इसारामा चल्दथे । आमाले आत्मैवाट माया गर्दथी। आमालाई गुरु र इश्वोरका रूपमा मान्ने देवव्रत आमाको वचनलाई अशिर्वाद र खानेकुरालाई प्रसाद मान्दथे। सानो देखि ठूलो समस्याको समाधान पनि आमाबाटै पाउँथे । आमाको छत्रछायामा उनी परिपूर्ण थिए। तर पछि आमाले आफै समाधान खोज भनेर टाढा भइन् । विधिलाई के मञ्जुर थियो तर माता । मार्गदर्शकवाट वञ्चित रहदा देवव्रत आन्तरिक रुपमा कमजोर बन्दै गयो।

त्रेता युगमा श्रीरामको विवाह र राज्याभिषेक महान ऋषिमुनीले शुभ साइत हेरेर गरेका थिए तर न राम-सीता को जोडी सुखमय बन्यो न राज्याभिषेक न राज्य निस्कलङ्क वन्यो । श्रीरामले पत्नी वियोग सहनु पर्यो । माता सीता वनवास सहनु पर्यो। राबणले हरेर लग्यो । पटक-पटक अग्नी परीक्षा दिनु पर्यो। मर्यादा पुरुयोत्तम राम र माता सीताले महाकस्ट सहनु पर्यो । दैव लाग्यो, वेरी लागे, वचन लाग्यो, सभामा वारम्बार लान्छना सहदै आएकी सीताले प्राण त्याग (मृत्यु लोक वाट विदा) गर्नु प-यो। सत्य युगमा सतीले प्राण गुमाउनु पर्यो। साक्षात शिवले सतिको प्राण जोगाउन सकेनन जवकी महामृत्युञ्जय मन्त्र उनैलाई आव्हान गर्छ। हा सती हा सती भन्दै बोलाहा जस्ता भएर संसार डुल्नु पर्यो । गुरु अर्जुनदेव, टेकवहादुर, गुरु गोविन्द सिंह आदिले आफुमाथी आइलागेका घट्नाहरू टाल्न सक्नु भएन । महावली र महाज्ञानी रावण, महादानी वली, अथाह शक्तिशाली कंश आदिले पनि मृत्यु टाल्न सकेनन ।
रामकृष्ण परमहंशने क्यान्सरलाई टाल्न सकेनन् । यी सबै घट्ना वा उदाहरणलाई निर्धारित रुपमा लिन सकिन्छ । भगवान विष्णुले कयौं पटक श्रापित हुनु परेको छ र वैकुन्ठवाट अलग हुनुपयो । ब्रह्मजीले टाउको गुमाउनु पर्यो । शिवले कैलाश त्याग्नु पर्यो । देवरराज इन्द्रको त कुरै नगरौं । सजायको भागिदार हुनु परेको छ। विभिन्न स्वरुपमा दुःख कस्ट सहेका छन। स्वर्गलोक वाट मृत्युलोकमा झर्नु परेको छ । भोग भोग्नु परेको छ। कर्मफल सबैले पाउँछ ।
श्रीकृष्ण गीतामा भन्नुहुन्छ – “जे तिम्रो हो तिमीलाई जरूर मिल्छ समय लाग्न सक्छ l सही समयको इन्तजार गर आफै आउँछ तर जे तिम्रो होइन तिमीलाई कहिलै मिल्दैन चाहे तिमि लाख कोशिष गर। (समय से आगे और भाग्य से ज्यादा कभी किसिको कुछ नही मिलता) सुनहु भरत भावी प्रबल बिलखी कहे हुँ मुनिनाथ । लाभहानी, जीवन-मरण, यश-अपयश, विधि हाथ । श्रीकृष्ण भन्नुहुन्छ — कलियुगमा नाता खेल बन्नेछन् , प्रेम हुने ठाउँमा स्वार्थ हुनेछन, भावना मजाक बन्नेछन्, सच्चाइ खोज्न कठीन हुनेछ, विश्वासको ठाउँमा शंका हुनेछ, एक अर्का को प्रयोग गर्नेछन, चेहरामा मुस्कान र दिमागमा चलाकी हुनेछ, सम्बन्ध नाम मात्रको हुनेछ । त्यसैले कलियुगमा तिमी सँग दुःखमा एक मात्रले पनि साथ दिन्छ भने तिमी भाग्यमानी हौ। यस्ता साथी भाग्यले पाउँछ त्यसलाई कहिलै नगुमाउनुस ।
अस्तु !
































