कञ्चनपुरका युवा ईन्जिनियर लक्ष्मण पाण्डे उज्यालो नेपाल पार्टीको केन्द्रीय कमिटी सदस्यमा मनोनित

Image
Nisarga Hospital

अत्तरियाः उज्यालो नेपाल पार्टीले कञ्चनपुरका युवा ईन्जिनियर लक्ष्मण पाण्डेलाई पार्टीको केन्द्रीय कमिटी (संघीय कमिटी) सदस्यमा मनोनित गरेको छ । पार्टीको संघीय कार्यालय काठमाडौँबाट जारी विज्ञप्ति अनुसार, पार्टी विधान २०८२ को परिच्छेद ७ को दफा २६ बमोजिम मिति २०८२ मंसिर १८ र १९ गते भएको पाँचौं संघीय कमिटीको बैठकको निर्णयअनुसार यो मनोनयन गरिएको हो ।

CP Hospital Dhangadhi

विज्ञप्तिमा पार्टी अध्यक्ष अनुप कुमार उपाध्यायले हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै नयाँ नियुक्तिको रूपमा देश निर्माण र आम नागरिकको हितलाई सर्वोपरि राखी संगठनलाई थप अनुशासित, मर्यादित र गतिशील बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा पनि जनाएका छन् ।

युवा ईन्जिनियर लक्ष्मण पाण्डेको मनोनयनले पार्टीभित्र युवा तथा पेशेवर वर्गलाई प्रतिनिधित्व दिने र संगठनलाई गतिशीलता प्रदान गर्ने पार्टीको रणनीतिको प्रतिबिम्ब हो । उक्त नियुक्तिले पार्टीको केन्द्रीय निकायमा कञ्चनपुर क्षेत्रको प्रतिनिधित्व पनि बढेको छ । नवनियुक्त केन्द्रीय सदस्य पाण्डेबाट पार्टी तथा राष्ट्र निर्माणमा सकारात्मक योगदान आउने विश्वास पार्टी विज्ञप्तिमा व्यक्त गरिएको छ ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

Dhnagadhi & Krishanapur