के कामको शासन

Image
Nisarga Hospital

लाखौं छन् घरभित्र झुन्ड नरका खान्छन् बसी यो धरा,
गर्छन् मोल विकासको पहुँचमा चम्चाहरू छन् बरा,
आफ्नै खेत बगान हुन्छ जसरी बेच्दै गए देश यो,
यस्तै देश दलालको पथ बनी बेहाल कस्तो भयो ।।

CP Hospital Dhangadhi

राम्रो काम सफा सुशासन गरी बस्नेहरू छन् कता,
मेरो देश हिमाल उच्च कहिने भाकाहरू छन् कता,
खोक्रा भाषण मात्र छाट्न सकिने के कामको शासन,
आफ्ना मित्र जहान पाल्न सजिलो व्यैर्थै भयो आसन ।।

गाह्रो भो घरबाट निस्किन यहाँ छोरीहरू हो किन,
आफ्नै आँगन छैन बस्न भरको जाने कहाँ हो भन,
सुन्दैनौ घर गोठका सुदुरका चेलीहरूका कथा,
बन्छन् भाइ दलाल आज कसरी आफ्नै बने आपदा ।।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

खाने गाँस कपास छैन हरमा के पाउने ओखती,
गर्ने जाँगर छैन काम जसको होला कहाँ उन्नति,
लाखौका घर छैन पाल भरमा खान्छन् कहाँ के गरी,
यत्नै गर्न यहाँ बडो कठिन हो खाडी गयो आखिरी ।।

खान्छन् देश बजेटको भर परी गर्छन् ठुला चाकरी,
राख्छन् जागिर आसपास मनका चम्चाहरू मन्परी,
जाग्नेछन् जनचेतना समयमै चल्दैन यस्तै गरी,
डण्डा पर्छ अवश्य जान अब लौ रून्छौ होला धर्धरी ।।

✍️बिमला चन्द सानू
बैतडी

Dhnagadhi & Krishanapur