आलोचनात्मक सोचः कक्षाकोठादेखि घरपरिवारसम्मको सिकाइ

Image
Nisarga Hospital

आज शनिवार आलोचनात्मक सोच(Critical thinking )विषयमा ग्लोबल एकेडेमीमा भएको कार्यक्रममा सहभागी विद्यार्धी भाइबहिनीहरूले तालिम पश्चात राखेका धारणाहरू समेटिएका भिडियोहरू नातिनी काव्या ,नातिहरू रितेश र धैर्यलाई सुनाएर उनीहरूको यस विषयमा बुझाई सुन्दा खुसी लाग्यो । उनीहरूले गज्जबले आफ्ना कुरा राखे । खुब मज्जाले सुनेर प्रतिक्रिया दिए । बालबालिकाको मोबाइलप्रतिको आकर्षणलाई प्रयोग गरेर सिकाइमा बदल्न सकिन्छ जस्तो लाग्यो ।

CP Hospital Dhangadhi

आमाबुवाले Social Media को प्रयोग गरेर सानासाना बाबुनानीहरूलाई धेरै कुरा सिकाउन सक्छन् । प्रविघिको उच्चतम प्रयोग भइरहेको अहिलेको अवस्थामा शिक्षणसिकाइ विद्यालयमा राखिएका निर्धारित किताबहरू बाट मात्र हुन सक्दैन। निर्धारीत पुस्तकहरू घोकेर परीक्षामा ल्याएको अंकले मात्र शिक्षाको स्तर उकासिएको ठान्नु हॅुदैन । परीक्षामा राम्रो अंक आउनु राम्रो कुरा हो । तर जीवनका हरेक क्षणहरूमा अगाडि बढ्दै जॅादा हामीले कयौं नयॅा परिस्थितिहरूमा हामीले सिकेको ज्ञान प्रयोग गर्नुपर्छ ।

कतिपय बेला विना आधार सही गलत विचार नगरी हामी भावनात्मकरूपमा निर्णय गर्छौं। स्पष्ट र स्वतन्त्ररूपमा हामी कतिपय बेला निर्णय गर्न सक्दैनौं । अर्कोले भनेको कुरामा विचारै नगरी विश्वास गर्छौ वा प्रस्तावलाई स्विकार गर्छौ ।

nawajiwan

आजको डिजिटल युगमा हामी चारैतिरबाट असंख्य सूचना, विचार, सामाजिक सञ्जालका सामग्री, समाचार र भ्रामक जानकारीले घेरिएका छौँ। सबै सूचना सत्य, उपयोगी वा विश्वसनीय हुँदैनन्।

आलोचनात्मक सोच (Critical Thinking) ले विद्यार्थी भाइबहिनीहरूलाई निम्न प्रकार सक्षम बनाउँछः
• सूचनालाई अन्धाधुन्ध स्वीकार नगरी वस्तुनिष्ठ रूपमा विश्लेषण गर्न
• स्रोतको विश्वसनीयता र प्रमाणको सत्यता जाँच गर्न
• पूर्वाग्रह, प्रचार र लुकेका स्वार्थ पहिचान गर्न
• तथ्य र विचार (Opinion) बीच फरक छुट्याउन
• तर्क र प्रमाणको आधारमा सही निर्णय गर्न

आलोचनात्मक सोचले विद्यार्थीलाई स्वतन्त्र, विवेकशील र जिम्मेवार नागरिक बनाउँछ। उनीहरू सूचना भीडको बीचमा पनि सत्य र असत्य छुट्याउन सक्षम हुन्छन्।

Attariya Hospital

आज स्कुल कलेजहरूमा शिक्षकहरूले विद्यार्थीहरूलाई डाटा ,सूचनाका भारी बोकाएर मात्र खुब सिकाइयो भन्ने भ्रममा रहनु हॅुदैन । सूचना (information) संकलन गर्ने अव शिक्षक मात्र स्रोत रहेन । अहिलेको विकसित प्रविधिको युगमा परिस्थिति एकदमै फरक भएको छ । शिक्षणसिकाइमा अन्तरक्रियात्मक मोडेल(Interactive model ) ,अवलोकन ,फिल्ड भिजिट ,प्रविधिको व्यापक प्रयोग , प्रयोगात्मक , अनुभवजन्य सिकाइ , समस्या समाधान जस्ता विधि प्रयोग गर्न आवश्यक छ ।

पुस्तकमा भएको कुरा लेखेर धेरै अंक आएन भन्ने केही सिकेन भन्ने धारणा पनि कतिपय बेला सही नहुन सक्छ । कहिलेकाहीं पुस्तकको विषयवस्तु र विद्यार्थीको रूचीमा तालमेल नमिलेर पनि विद्यार्थीले पुस्तक अध्ययनमा भन्दा अरू आफ्नो रूचीको विषयमा बढी ध्यान दिएर पनि यस्तो भएको हुन सक्छ ।

निचोडमा आजको तीव्र रूपमा परिवर्तन भइरहेका, सूचना–समृद्ध र अनिश्चितताले भरिएको विश्वमा आलोचनात्मक सोच (Critical Thinking) कुनै विकल्प होइन, जीवनका लागि अत्यावश्यक सीप हो।

आलोचनात्मक सोचले विद्यार्थीलाई:
• तथ्य र भ्रमबीच स्पष्ट भेद गर्न
• जटिल समस्याहरूको तार्किक विश्लेषण गर्न
• विभिन्न दृष्टिकोणहरू तुलना र मूल्याङ्कन गर्न
• प्रमाण र तर्कको आधारमा निर्णय लिन
• नयाँ विचार सिर्जना गर्न र नवप्रवर्तनतर्फ उन्मुख हुन
• जिम्मेवार, विवेकशील र आत्मनिर्भर नागरिक बन्न सहयोग पुर्‍याउँछ।

यसैले, शिक्षा केवल डिग्री प्राप्त गर्ने प्रक्रिया नभई सोच्ने क्षमता विकास गर्ने यात्राको रूपमा अघि बढ्नुपर्छ, जहाँ आलोचनात्मक सोच केन्द्रमा रहन्छ।

✍️ सुरेन्द्र ओझा, शिक्षक
ग्लोबल एकेडेमीमा, महेन्द्रनगर कञ्चनपुर