कलाकार आशिफ शाहले समानुपातिक उम्मेदवारी फिर्ता लिए, काठमाडौँ–५ बाट प्रत्यक्ष चुनावमा भाग लिन घोषणा

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेदवार आशिफ शाहले आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले बताए अनुसार, राजनीतिक सक्रियतामा सीमित रहँदै पनि देश निर्माणमा योगदान गर्न सधैं तयार रहेको बताउँदै, समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो नचुन्ने निर्णय गरेका हुन्।

CP Hospital Dhangadhi

आशिफले लेखेका छन्, “साथीहरूको सुझाव र जनताको प्रतिक्रियाले मलाई गहिरो आत्ममन्थन गर्न बाध्य बनायो। जनता र पार्टीका भावनामा चोट पुर्‍याएर समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो म रोज्न सक्दिनँ।”

उनी थप्छन्, “देश निर्माणका लागि आवश्यक योगदान जुनसुकै पदमा रहे पनि गर्नेछु। तर प्रत्यक्ष चुनावमार्फत जनतासँग उभिएर उम्मेदवारी दिन चाहन्छु।”

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यससँगै आशिफ शाहले काठमाडौँ–५ बाट प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिने पनि घोषणा गरेका छन्। उनको निर्णयले पार्टीभित्र र आम जनताबीच चुनावी रणनीतिमा नयाँ प्रभाव पर्ने अपेक्षा गरिएको छ।

Dhnagadhi & Krishanapur