सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

किन यस्तो नकारत्मक समाचार आउँछ,
देशभक्त पाखा लगाउँने सरकार आउँछ।
विदेशीकै इसारामा असमान हुन्छ सन्धि,
अखण्ड देशको समाजमा दरार आउँछ।
कसरी बाचौँ गरिबहरू न मानो न छानो,
भोको पेटलाई कामकै इन्तिजार आउँछ।
भूपरिबेष्ठित हुँदा देश छैन समुन्दरी बाटो,
अर्कैको देशमा पुगेर मात्र किनार आउँछ।
क्रान्तिकारी मसाल बोकेर हिंडेका जनता,
किन बाटैभरी विदेशका बफादार आउँछ।
नझुक जनता नचुक जनता लोलिपोपमा,
पानी धमुलेर माछा मार्ने लगातार आउँछ।

CP Hospital Dhangadhi

॥१॥

यही माटोमा जन्मेका पनि विदेशी बफादार किन हुन्छन्,
साम्राज्यवादका कटपुतली देशका सरकार किन हुन्छन्।
nawajiwan
राजनीति त देशका लागि र जनताकै लागि हुनुपर्नेहोला,
उनैका नेताहरू विदेशका बजारमा व्यपार किन हुन्छन्।
सधैं अराजक हुन्छ मारकाट हुन्छ देशमा जहानहरूको,
छातिमा हात राखौं र भनौं त्यस्तो आधार किन हुन्छन्।
जसले झुट बोल्दैन पसिनाले सिंचेर खान्छ संसारभरिमै,
उनै श्रमजीविहरू माथि अन्याय अत्याचार किन हुन्छन्।
पत्थर तरासेर बनाएका भगवान उनै मानिसहरू धर्तिमा,
उनैलाई अपमान उन्मै कुसंस्कारको उपाहर किन हुन्छन्।
कुटेका हुन्छन् गिट्टी खनेका हुन्छन् कोइला मजदुरी गर्दै,
दुश्मन बनेर उनिमाथि सधैं हत्यचार लगातार किन हुनन्।
॥२॥
सबैको साथ सहयोग भए संसार सुन्दर हुनेगर्छ,
हाम्रो एकता भए जीवनमा गहिरो असर हुनेगर्छ।
उसलाई छ भ्रम यो जीवन छ आफ्नो धरौटीमा,
केथाहा अरूपनि उस्कै सहरामा निर्भर हुनेगर्छ।
बाको अर्थी उठाउने बेला छोराको उठाउनु पर्दा,
मुटुमै घाउ जीवनभरीलाई मलिन अधर हुनेगर्छ।
कसको नजर लाग्यो नेपाली जातीलाई सदियौं,
मानो र छानोकै लागि सदैभरी नै सफर हुनेगर्छ।
धन कमाउन गएको छोरा खाडिबाट फर्किदा
रातो बाकसमा आउने आमालाई खबर हुनेगर्छ।
दुनिया कहांसे कहा पुग्यो थाहा पाउन नसक्दा,
न धर्ती आफ्नो छ नआफ्नो यही सगर हुनेगर्छ।
Attariya Hospital
॥३॥
अगाडी बढ्नु छ दुःख कष्टको सौगात छलेर
उदाउने छ नयाँ दिन यो अंध्यारो रात छलेर।
घर आगनिमा यो नयाँ किरण उज्यालो छर्दै,
उहि नौलो सुगंध आउँछ त्यो अन्मात छलेर।
नयाँ वर्षले मिठास लिएर आउला सबैलाई,
आसागरौँ हामी नकारत्मक त्यो बात छलेर।
बिछुटिएकाहरू मिल्छन् दुःख ओइलाउँदा,
कुनै दिन हुनेछ हाम्रो उस्तै मुलाकात छलेर।
सयौँ फूल फुल्ने बगैचा हो काख हिमाली,
आउने छ एकदिन यो प्रेमको वर्षात छलेर।
आउँसीको रात रहिरहँदैन हट्छ बाद कालो,
नयाँ सोंचमा हुँदैन अराजक वाइहात छलेर।
॥४॥
कसले बनाउँला देश छ भ्रष्टाचार उस्तै,
विकास कसरी हुन्छ यो व्यवहार उस्तै।
दलाल जुटेका छन् छैन एउटा लेन्डुप,
खेलौना बनाई खेलने छ आधार उस्तै।
फैलायो साम्राज्यवाद देशमै दलालहरू,
यही देश टुक्रा टुक्रा पार्ने छ करार उस्तै।
भोका नाङ्गा छन् जनता काम छैन यहाँ,
घुम्ने कुर्सीकै लागि नेता मारामार उस्तै।
राजनीति पनि पेसाकै लागि अप्नाउँछन्,
छैन नीति सिद्यान्तकै पनि व्यापार उस्तै।
चुपलाग्ने छैनन् दिन आज देश ढिकमा,
उठ जागौँ जनता हो गरौँ खबरदार उस्तै।
सुरेशकुमार पाण्डे दाङ घोराही १८