आजको मौसमः आज ६ प्रदेशमा मध्यम वर्षाको सम्भावना, चार प्रदेशमा असिना र चट्याङको चेतावनी

Image
Nisarga Hospital

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। यसको असरले तराईका केही स्थानमा तुवाँलो लागेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा छ।

CP Hospital Dhangadhi

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहनेछ। सुदूरपश्चिमका केही स्थान र कर्णालीका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात पनि हुनसक्नेछ।

आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली देखिनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा गण्डकीका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

nawajiwan
Attariya Hospital

गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा केही स्थानमा मध्यम हिमपातसहित वर्षा हुनसक्नेछ। साथै बागमती र कोशी प्रदेशका उच्च भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित असिना पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।