
कहाँ सम्म पुग्छ जीवनको सफर उस्तै छ,
बद्लिएन गाउँ जस्तै थियो सहर उस्तै छ।
हिंडेका हुन्छन् भोका नाङ्गा सपना बोकी,
पसिनाले सिंचेपनि देशको अधर उस्तै छ।
उत्खनन् भयो ठाउँ ठाउँ झिक्यो ढुङ्गाहरू,
पानीको त मूल सुकिसक्यो बगर उस्तै छ।
आत्मनिर्भर हुनैनसक्ने यो देश किनहोला,
विदेशमा अलपत्र छन् युवा खबर उस्तै छ।
छैन देशमा रोजगार कसरी हो जीवन धान्ने,
कमाई भन्दा खर्च पुँजिवादी असर उस्तै छ।
भ्रष्टाचार पनि दिनानुदिन झांगिदै जानाले,
यो देशनै रहन्छ वा रहँदैन भन्ने डर उस्तै छ।

॥१॥




सहयोग दिनु जसले गाउँ सहर बनाउँछ,
आफ्नै घर गहुँथलि पनि सुन्दर बनाउँछ।
जसले आफ्नो तन खियायो जीवनभरी,
उसैलेमात्र यो धर्ती अनि सगर बनाउँछ।
आफ्नो भन्दा पनि देशको मयाँ साँचने,
मात्रृत्व भूमिको सुन्दर अधर बनाउँछ।
देश छाडी जानेलाई पनि छ कति मयाँ,
देशकै भविश्यमा उस्ले सफर बनाउँछ।
सबैलाई आतङ्कको भय हुन्छ मनमा,
साम्राज्यवाद संसारमा खबर बनाउँछ।
जताहेर्छ उतै निशाना साध्ने काम भयो,
उसले मिठो र बिषालु खञ्जर बनाउँछ।
॥३॥

































