बाजुराको बुढीगंगा नगरपालिकामा ७ कर्मचारी निलम्बन, सेवा प्रवाह ठप्पजस्तै

Image
Nisarga Hospital

बाजुराको बुढीगंगा नगरपालिकामा सात जना कर्मचारी निलम्बनमा परेपछि सेवा प्रवाह गम्भीर रूपमा प्रभावित भएको छ। नगरपालिकाको प्रशासनिक भवन निर्माण ठेक्कामा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगर प्रमुखसहित कर्मचारीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनीहरू स्वतः निलम्बनमा परेका हुन्।

CP Hospital Dhangadhi

निलम्बनमा पर्नेमा अधिकृत छैटौँ नरेन्द्र नाथ, सब–इन्जिनियर गणेशराज रेग्मी, खरिदार श्यामबहादुर खत्री, शिक्षा अधिकृत जयराज न्यौपाने, असिस्टेन्ट सब–इन्जिनियर भिमराज गिरी, नायब प्राविधिक सहायक सिद्धराज जैसी र प्रशासन सहायक बसन्तबहादुर थापा रहेका छन्। कानुनी व्यवस्थाअनुसार विशेष अदालतमा मुद्दा दायर भएपछि कर्मचारी निलम्बनमा परेका हुन्।

Attariya Hospital

नगर प्रमुख रामबहादुर बानियाँका अनुसार कर्मचारी अभावका कारण शिक्षा, प्रशासन र प्राविधिक शाखाको सेवा प्रभावित बनेको छ। हाल निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका प्रेम जैसीसँग आर्थिक अधिकार छैन। यता, अख्तियारले तत्कालीन मेयर दीपक विक्रम शाहसहित १४ जना र ठेकेदार कम्पनीविरुद्ध तीन करोड २७ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ।

nawajiwan