आजको मौसमः पश्चिमी वायुको प्रभाव, तराईमा हुस्सु, पहाड–हिमालमा आंशिक बादल

Image
Nisarga Hospital

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। यस प्रभावका कारण देशका विभिन्न भूभागमा मौसममा भिन्नता देखिएको छ। तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको जनाइएको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो रहिरहने सम्भावना छ। यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि रहेको छ।

Attariya Hospital

आज राति पनि तराईका थोरै स्थानमा हुस्सु देखिन सक्नेछ भने कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान गरिएको छ।

nawajiwan