





॥१ ॥
सपनाहरू आँखा मै बिलाई जान्छन्,
कयौँ रातहरू उस्तै न निदाई जान्छन्।
हुरी चल्छ र तुफान चल्छ यो हियामा,
छल्किए आँसु निदिया जगाई जान्छन्।
कालो बादल हो वा आगोकै धुवाँ मनमा,
तिम्रो मुस्कानले अंध्यारो हटाई जान्छन्।
हेरन त्यो विसाल जीवनधारा उस्तै गयो,
बदलिएका अनुहार अब रमाई जान्छन्।
कसैले लुटेका हुन्छन् यो देशको सम्पती,
कसैले दुनियाबाट खाइ न खाई जान्छन्।
तिमि उठेपछि उठ्छन् विद्रोहका लावा,
त्योवेला दुष्टहरूले गरेर भरपाई जान्छन्।
॥२॥
हाम्रो बोली पनि त असरदार हुनेगर्छ,
बोलन नजाने त्यही गुनहेगार हुनेगर्छ।
कसैलाई जरूरतनै पर्दैन हतियारको,
बोलीमै उसको तेजिलो धार हुनेगर्छ।
जिव्रोलाई समेत लगाम दिनुहै साथि,
जो हृदयनै टुक्राउने औजार हुनेगर्छ।
प्रेम बलियो हुन्छ बोली मिठास हुँदा,
सदियौँसम्म अंमर त्यो प्यार हुनेगर्छ।
आँखाले निसाना बोलीले प्रहार गर्दा,
मान न मान हियामा हुनेहार हुनेगर्छ।
पगाल्दिन्छ ढुङ्गालाई पनि मोम जस्तो,
प्रेमामै टेकेको यो सारा संसार हुनेगर्छ।
॥३॥
यो देशमा आगो लगाउने धेरैछन्,
विध्वंसको बाटो समाउने धेरैछन्।
जलाए देश विकासको बहानामा,
जनतालाई दिनौँ सताउने धेरैछन्।
छोराछोरी होसियार हुनु गरिबका,
यहाँ निर्दोशलाई फसाउने धेरैछन्।
जे हुन्छ विदेशकै इसारामा हुनेहुंदा
आफ्नै देशलाई जलाउने धेरैछन्।
कुर्सिको खेल निर्दयी हुँदोरहेछ सधैं
सिखर चुम्न मात्र फकाउने धेरैछन्।
आफूले केही नगरेपनि फरक नपर्ला,
अर्कैलाई सक्यसम्म कराउने धेरैछन्।
॥४॥

































