शुक्रबार विशेष: सन्तोषी माता र वैभवलक्ष्मीको पूजा, सुख–समृद्धिको कामना

Image
Nisarga Hospital

हिन्दू धर्मावलम्बीहरूले शुक्रबारका दिन सन्तोषी माता, वैभवलक्ष्मी तथा अन्नपूर्णेश्वरी र दुर्गा भवानीको श्रद्धापूर्वक पूजा–आराधना गर्छन्।

CP Hospital Dhangadhi

धर्मशास्त्रअनुसार माता लक्ष्मीको व्रत बसी विधिपूर्वक पूजा गर्दा आर्थिक समृद्धि र पारिवारिक सुख प्राप्त हुने विश्वास छ। यस दिन व्रतालुले फलाहारमा चना र सख्खर ग्रहण गर्नुपर्छ भने अमिलो खानु वर्जित मानिन्छ। सेतो वस्त्र धारण गरी घरमा खीर पकाएर गरिबलाई बाँड्दा पुण्य प्राप्त हुने जनविश्वास छ।

Attariya Hospital

शुक्रबार सन्तोषी माताको व्रत बस्दा मनोकामना पूरा हुने र सुख–शान्ति प्राप्त हुने बताइन्छ। साथै शुक्र ग्रह शान्तिका लागि सेता वस्त्र, चिनी, चन्दन, कपुर वा सम्बन्धित रत्न दान गर्नु लाभदायी मानिन्छ।

nawajiwan