विद्यालयमै राजनितिक दलका झण्डा: कैलालीमा आचारसंहिता उल्लंघन बढ्दो

Image
Nisarga Hospital

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा कैलालीमा निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढ्न थालेका छन्। सार्वजनिक स्थल, शैक्षिक संस्था तथा धार्मिक क्षेत्रमा दलका झण्डा र प्रचार सामग्री राख्ने क्रम तीव्र देखिएको छ।

CP Hospital Dhangadhi

यसै क्रममा गौरीगंगा नगरपालिका–११ ऐठास्थित श्री भवानी माध्यमिक विद्यालयको मुख्य गेटमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी का झण्डा टाँसिएको पाइएको छ। निर्वाचन आचारसंहिता अनुसार शैक्षिक संस्था, धार्मिक स्थल, सरकारी कार्यालय वा सार्वजनिक सम्पत्तिमा प्रचार सामग्री राख्न निषेध छ।

Attariya Hospital

स्थानीयवासीहरूले विद्यालयजस्तो संवेदनशील क्षेत्रमा राजनीतिक गतिविधि नगर्न आग्रह गर्दै प्रभावकारी अनुगमन र कारबाहीको माग गरेका छन्। जिल्ला निर्वाचन कार्यालयले उल्लंघनबारे जानकारी आएमा छानबिन गरी आवश्यक कदम चालिने जनाएको छ। निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै दललाई आचारसंहिता पालना गर्न अपिल गरिएको छ।

nawajiwan