कैलालीको अत्तरियामा मतदानका क्रममा दम्पत्तिमाथी कुटपिट, सुरक्षा चिन्ता

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–१ मा बिहीबार मतदान गर्न जाने क्रममा स्थानीय जंग बहादुर राना र उनकी पत्नीमाथी दुईजनाले कुटपिट गरेका छन्।

CP Hospital Dhangadhi

दम्पत्तिले वडा नं. १ स्थित घण्टेश्वरी माध्यमिक विद्यालयमा मतदान गर्न स्कुटीमा जाँदै गर्दा अचानक दुईजनाले स्कुटीको बाटो छेकी हमला गरेका थिए। रानाका अनुसार हमला गर्नेहरूले कुनै स्पष्ट कारण भने बताएनन्।

उनीहरूले घटनाबारे तत्काल प्रहरी र मतदान केन्द्रका कर्मचारीलाई जानकारी दिएका छन्। दम्पत्तिको अवस्था सामान्य रहेको बताइएको छ। निर्वाचन अधिकृतले सुरक्षा व्यवस्था थप कडा गरी मतदाता सुरक्षाको ख्याल राख्ने बताएका छन्। घटनाले मतदान वातावरणमा असुरक्षा बढाएको देखिएको छ।