कैलालीको गोदावरीमा चुनावी हिंसा: मेयर भट्टमाथि गाली–गलौच, वडा अध्यक्ष शाहीमाथि सांघातिक आक्रमण

Image
Nisarga Hospital

गोदावरी नगरपालिका–१० स्थित शंकर आधारभूत विद्यालयको मतदान केन्द्र अगाडि प्रतिनिधि सभा निर्वाचनको क्रममा नेकपा एमालेका केही कार्यकर्ताद्वारा गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट माथि गाली–गलौच र वडा न १० का वडा अध्यक्ष रविन्द्र शाही ‘गुड्डु’ माथि सांघातिक आक्रमण भएको छ। घटना पछि वातावरण तनावपूर्ण बनेको थियो।

CP Hospital Dhangadhi

नेपाली कांग्रेसका उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’ ले यस कायरतापूर्ण र हिंसात्मक कार्यलाई घोर निन्दा गर्दै लोकतन्त्रको आधारमा गम्भीर प्रहार भएको बताए। उनले घाइते वडा अध्यक्षको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाहीको माग गरे।

उम्मेदवार आनन्दले भने, “लोकतान्त्रिक अभ्यासमा शान्तिपूर्ण मतदान र मताधिकारको सम्मान अनिवार्य छ। हिंसा, धम्की वा आक्रमणले लोकतन्त्र कमजोर पार्न सक्दैन। हामी सधैं विधि, लोकतन्त्र र नागरिकको अधिकारको रक्षा गर्न दृढतापूर्वक उभिनेछौं।”

nawajiwan
Attariya Hospital

स्थानीय प्रशासनसँग उनले भविष्यमा यस्ता हिंसात्मक घटना नदोहोरिने सुनिश्चितता गर्न आग्रह गर्दै निर्वाचनको वातावरण सुरक्षित राख्न जोड दिए।

उक्त घटनाले निर्वाचन क्षेत्रमा कानून र लोकतन्त्रको सम्मान कति महत्वपूर्ण छ भन्ने स्पष्ट उदाहरण प्रस्तुत गरेको छ। निर्वाचनमा नागरिकको सहभागिता र मताधिकारको संरक्षण लोकतन्त्रको मूल आधार भएकाले यस्ता अमानवीय कार्यलाई कहिल्यै सहन नहुने उनले बताए।

गोदावरी निर्वाचन क्षेत्रका मतदानकर्मी, नेता र नागरिकबीच तनावपूर्ण परिस्थितिमा पनि मतदान प्रक्रिया निरन्तर जारी रहेको छ, र प्रशासनले सुरक्षा र सुव्यवस्था कायम राख्न विशेष ध्यान दिएको छ।