बैतडी बाट रास्वपाका हरिमोहन भण्डारी विजयी

Image
Nisarga Hospital

बैतडी। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बैतडी निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिमोहन भण्डारी विजयी भएका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

अन्तिम मतपरिणाम अनुसार भण्डारीले २२ हजार १३४ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दले १८ हजार १९४ मत प्राप्त गरे। नेकपा एमालेका दामोदर भण्डारीले १७ हजार ९१ मत ल्याए।

यसैगरी प्रमानन्द भट्टले ६ हजार ९६५, भुपेन चन्दले २ हजार ६८१, रामबहादुर कुँवरले २९९, नवराज कोइरालाले ९४, गजेन्द्र पाण्डेयले ७८, आनसिंह भण्डारीले ९४, विशनसिंह बोहराले ८२ र जयप्रकाश पन्तले १८ मत प्राप्त गरेका छन्।

निर्वाचनमा ७२ हजार ८४३ मत खसेको थियो भने ५ हजार ११३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यससँगै बैतडी–१ बाट रास्वपाका हरिमोहन भण्डारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।