अमरेशकुमार सिंहद्वारा गगन थापालाई खुला पत्र: स्वच्छ राजनीति अपनाउन सुझाव

Image
Nisarga Hospital

सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रास्वपा उम्मेदवार अमरेशकुमार सिंहले नेपाली कांग्रेस सभापति गगन थापालाई खुला पत्र लेख्दै भ्रष्टहरूको प्रभावबाट मुक्त भएर स्वच्छ राजनीति अपनाउन सुझाव दिएका छन्। निर्वाचन परिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत पत्र पठाएका सिंहले थापालाई सर्लाहीमा आएर चुनाव लड्नुभएकोमा धन्यवाद दिँदै, उनी ‘भ्रष्टहरूद्वारा आयातित उम्मेदवार’ भएको टिप्पणी गरेका छन्।

CP Hospital Dhangadhi

पत्रमा सिंहले थापामाथि व्यक्तिगत र पारिवारिक जीवनमा आक्षेप लगाइएको आरोप समेत लगाएका छन्। उनले भने, “तपाईं आफै आएको भए चुनाव रोचक हुने थियो, तर भ्रष्टहरूको प्रभावले तपाईं मेरो विरुद्ध निजी टिप्पणी गराउन पुग्नुभयो। तर यसले परिणाममा केही फरक पार्न सकेन। राजनीति सधैं सिद्धान्त र एजेन्डामा आधारित हुनुपर्छ।”

सिंहले आगामी दिनमा देश निर्माणमा विभिन्न मुद्दामा थापासँग सहकार्यको सम्भावनासमेत औँल्याए। उनले जनमतमा रास्वपाको समर्थन र भ्रष्टहरूलाई ठेगान लगाउने जनताको इच्छा स्पष्ट भएको उल्लेख गर्दै थापाको भविष्यको राजनीति सफा र स्वच्छ रहोस् भनी कामना गरेका छन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

निर्वाचनमा सिंहले ३५,६८८ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए, भने थापाले २२,८३१ मत पाएका थिए।

यस पत्रमार्फत सिंहले स्पष्ट पार्दै भनेका छन् कि राजनीति व्यक्तिगत द्वन्द्वभन्दा ठूलो छ र स्वच्छ नेतृत्वका लागि भ्रष्ट शक्तिहरूको प्रभाव हटाउनै पर्ने आवश्यक छ।

यस्तो छ अमरेशको खुल्लापत्र

मेरा मित्र गगन थापाजि लाई खुल्ला पत्र

प्रिय मित्र Gagan Thapa जी,

सबैभन्दा पहिला तपाईंलाई धन्यवाद दिन चाहन्छु कि तपाईंले सर्लाहीमा आएर चुनाव लड्नु भो। तपाईं आफै आएको भए चुनाव रोचक हुने थियो तर तपाईं भ्रष्टहरू द्वारा आयातित उम्मेदवार हुनुभयो। त्यति मात्र हैन ती भ्रष्टहरू लाई नै म विरुद्ध मेरो निजी र पारिवारिक जीवनमाथि आफूखुसी टिप्पणी गर्न लगाउनुभयो खैर त्यसले केही फरक त परेन तर राजनीति भनेको सिद्धान्त र एजेन्डामा हुनुपर्छ भन्ने मेरो विश्वास छ। अब चुनावको यो तिता कुरा छोडौँ। अब देश निर्माणमा रास्वपा अगाडी बढिसक्यो। आउने दिन मा तपाईं सङ पनि विभिन्न मुद्दा मा सहकार्य हुन सक्ला। अब भ्रष्टहरू लाई ठेगान लगाउने जनमत रास्वपाले पाएको छ। तपाईंपनि ती भ्रष्टहरू को साथ छोडेर स्वच्छ राजनीति गर्नुहुन्छ भन्ने पूर्ण आशा गरेको छु। तपाईं कांग्रेस परिवर्तन गर्न खोज्नु भयो तर आफू परिवर्तन हुन सक्नु भएन। तपाईंको अगामी राजनीति सफा र स्वच्छ होस भनी कामना गर्दछु।

Dhnagadhi & Krishanapur