कैलाली गोदावरीमा लागूऔषधसहित २ जना पक्राउ, पसलबाट ६७० मि.ग्रा. हेरोइन बरामद

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–११ गौडीबजारमा लागूऔषध सेवन र कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले शनिबार साँझ छापा मार्दै २ जनालाई पक्राउ गरेको छ। स्थानीय ३४ वर्षीय लोकेन्द्र कठायत ले सञ्चालन गरेको खुद्रा पसलबाट ६७० मिलिग्राम हेरोइन बरामद गरिएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

साथै, सो पसलमा लागूऔषध सेवन गरिरहेका २१ वर्षीय केशब नेपाली लाई पनि नियन्त्रणमा लिइएको छ। पक्राउ परेका दुवै जनालाई लागूऔषध नियन्त्रण व्युरो, धनगढी कार्यालय र अस्थायी प्रहरी पोष्ट ओलानीबाट खटिएको टोलीले नियन्त्रणमा राखेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले अब थप अनुसन्धान र कारबाही अघि बढाउने तयारी गरेको छ।

nawajiwan