
किन यस्तो हुन्छ कहानी यो देशको,
कस्तो हुनेहो जिन्दगानी यो देशको।

विदेशलाई पसिना रगत बगाउँनै पर्ने,
सङ्कटमा जानि नजानी यो देशको।
बिक्री भयो काला सेता माटो र ढुङ्गा,
छाडेनन् छिमेकीले पानी यो देशको।

साम्राज्यको माजमा नामको स्वतन्त्र,
जोगाउनैपर्छ स्वाभिमानी यो देशको।
मर्छन्की मारिन्छन् देशभक्त केथाहा,
प्रश्नमा ठडियो राजधानी यो देशको।
थाहाछैन कसले मार्छ देशभक्तहरू नै,
किन मारिन्छन् राजा रानि यो देशका।
॥१॥
हाम्रै देशभित्र पनि कति तमास हुनथाल्यो,
विकास भन्दा पनि सपथ खास हुनथाल्यो।
काला बोका काटे कसैले स्वस्तानिकै पाठ,
धर्म निरपक्ष समेतको उपहास हुनथाल्यो।
विज्ञानले सिर चडेर बोलेको बेला संसारमा,
हाम्रै देशभित्र त्यो पनि बक्वास हुनथाल्यो।
हार जित हुनु त स्वाभाविक हो लोकतन्त्रमै,
अब त कस्तो संस्कारको विकास हुनथाल्यो।
सबै धर्मकै सम्मान् हुनुपर्छ माटोको खासमा,
अब देशमा तानासहको आभास हुनथाल्यो।
॥२॥
तिमिले राम्रो नगर्नाले यो तुफान आएको,
ढुङ्गा माटोमा समेत कस्तो परान आएको।
न बुझ्नेलाई लाग्छ देशभित्र केके आउला,
केथाहा सवालको एउटा .खदान आएको।
छैन उत्पादन धनकै मूल्यमा गिराव़ट गर्दा,
उतैबाट महंगा देशमा त्यो सामान आएको।
असमान सन्धि सम्झौता पछि विदेश बाट,
बसाइ सरेर हाम्रो देशभित्र पठान आएको।

भुले सन्ततीहरू भेषभुषा र खान्की आफ्नै,
गुन्द्रुक आटोको ठाउमा बर्गर नान आएको।
त्यसै आएन छाडा पनि पश्चिमको संस्कृती,
हेर अपहर्ण पछि लयमा संविधान आएको।
॥३॥
किन आफ्नै सन्तानलाई दुश्मन बनाउछन्,
नभाका आरोपहरू लगाई दुश्मन बनाउँछन्।
छक्कै पर्छु मानिसका बानि ब्यहोरा हेर्दा घरी,
गलत बाटो आफैले समाई दुश्मन बनाउँछन्।
लेख रचनाहरू देश जनताको हितमै लेख्दा,
उनिहरूले माग्छन सफाई दुश्मन् बनाउँछन्।
तिमि राजनीतिको ‘र’ न सिक्दै थिए जेलमा,
आफूमानै झांगिए छ मपाई दुश्मन बनाउँछन्।
सहनसिलताको अनिकाल रैछ हाम्रो बिचमा,
उनिपनि अहंकारले अघाई दुश्मन् बनाउँछन्।
विवेकहिन कसैको पनि आई लाग्छन् साच्चै,
उनले अर्कैको लागेर जाई दुश्मन् बनाउँछन्।
॥४॥
बाबाको प्रछाईं झैं त्यो अनुहार लाग्छ,
छैन तस्विर गुमाएको समाचार लाग्छ।
जन्माई बालपनमै बितेका बाबा उनैले,
दिएको जिम्मा त्योपनि उपकार लाग्छ।
अब त न बा रहे न आमा छन् स्मृती मै,
उनैले दिएको यो मलाई संसार लाग्छ।
यो जीवन उनैले दिएको उपहार जस्तै,
उनकै सम्झनानै जीउने आधार लाग्छ।
त्यो बेलाका थुप्रै छन् गुमनाम भएका,
एउटा तस्विर नि नहुँदा दिक्दार लाग्छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८





























