सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital
म उही हुं तिमि तिमि रहेनौं खबर ठिक लागेन,
छेपारो जस्तो बदलिने तिम्रो रहर ठिक लागेन।
CP Hospital Dhangadhi
गज्जब छ कला रङ्ग बदल्ने सांच्चै भान्दा तिम्रो,
तर त्यही ब्यवहारले गरेको असर ठिक लागेन।
खाडिबाट लास देश भित्रिन्छन् सरकार खोज्दै,
नेतालाई लासमा न आउदा डलर ठिक लागेन।
nawajiwan
भन ऊ परदेशमै थियो तर मतदान कसले गर्यो,
ऐजेन्ट बसेकाहरूको अन्धो भर ठिक लागेन।
धेरै टाडा देखि पाहुन आएका छन् यो आगनमा,
आउंदा रित्तै आए त्यस्तो वे कदर ठिक लागेन।
स्वर्ग तुल्य हिमाल पहाड र मधेशको फूलबारी,
युवा हो मलाई विदेशको यो सफर ठिक लागेन।
॥१॥
थोपा थोपा सङ्गाल्दा पनि पोखरी भरिए छ,
टुटेछ हृदय र फुटे छ मूल धरधरी भरिए छ।
आफूले आफैलाई ऐनामा हेर्दा झसङ्ग भए,
अनुहारमा पोतो रफ्तारले जसरी भरिए छ।
हिसाब छैन खै के पायौं के गुमायौं हामिले,
मनमा वितिष्णाको भाव घरीघरी भरिए छ।
खै किन हो आफैलाई पनि बुझ्न गारै भयो,
आफू भित्रै पनि विद्रोहको भमरी भरिए छ।
थाहा हुँदो रहेनछ बतास भित्र के के आयो,
हुरी सङ्ग सङ्गै फोहोर मितेरि गरी भरिए छ।
धुन सकिन पखाल्न सकिन मयल उसैपनि,
ब्यार्थैमा मनको बह आशुकै झरी भरिए छ।
॥२॥
नियत जस्तो भएपनि दोशी नजर हुँदोरहेछ,
राजनीतिभित्र रहश्यनै भयङ्कर हुँदोरहिछ।
विचारमै लगाएर काउलो चिप्लाउँने योजना,
झुटै झुटको थैलो मनभित्र ओभर हुँदोरहेछ।
किन जिताउँथे चुनावी लडाई इमान्दारहरूले,
यो राजनीतिमा बढी झुटको असर हुँदोरहेछ।
जनतालाई चमत्कारको भ्रम हुनेहुँदा साथि,
केथाहा बिन प्वांख उड्ने धेरै रहर हुँदोरहेछ।
Attariya Hospital
जसले जीवन लगाए देश र जनताको लागि,
हावाको चालामा झट्ट त्यो वेकदर हुँदोरहेछ।
ज जस्ले जितेपनि देशले हार्नु हुदैन कहिल्यै,
मनको कुरा कसरी दुष्टलाई खबर हुँदोरहेछ।
॥३॥
सधैँको दिन हो एकैनास जरूरी त छैन,
मुलाकात त्यो सधैँ खास जरूरी त छैन।
मेरो जस्तै सबैको पनि हृदय हुन्छ होला,
सबैमा हो मायाँकै निवास जरूरी त छैन।
लुकाउँदैन सांचो दर्द देखाउँदैन कुनै मैले,
दिल त्यो दिलको हो पास जरूरी त छैन।
जता हेर्यो उतै स्वर्ग तुल्य छ मेरो बसेरा,
त्यहाँ हस् प्राकृतिकै रास जरूरी त छैन।
स्वाभिमानी छौं मधेसी पहाडि र हिमाली,
तिमिले सोचे झैं हो तमास जरूरी त छैन।
मलाई जस्तै वेताब होला तिम्रो हृदयमा,
तिमिलाईपनि मेरैहो आस जरूरी त छैन।

॥४॥

देश र जनतालाई लुट्ने अधिकार हुनेछैन,
कसैलाई पनि अन्याय र अत्यचार हुनेछैन।
जनता जागे अब त पुरानो विचार हराउला,
अब देशभित्र विदेशीका बफादार हुनेछैन।
बिस्वास कसरी गर्ने यो प्रतिशोध कारी हो,
अधिनायकवादीमा यो भन्दा जार हुनेछैन।
आ आफ्ना नेतालाई जोगाउन भिड्नेहरू,
यत्ति त बुझौँ यो नियम अनुसार हुनेछैन।
संसदामा कराऊ न्यायलयमा पुगाउ आफै,
तर सडकमा उत्रिए कुनै कारोबार हुनेछैन।
बहुमत उसकैछ अब त आलोपालो हरायो,
तिमिसँग सत्ताकै लागि कुनै करार हुनेछैन।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
Advertize US