फेवाताल किनारबाट अवैध संरचना हटाइयो, सुरक्षा कडाइबीच डोजर अभियान

Image
Nisarga Hospital

फेवाताल किनारमा मापदण्ड विपरीत बनेका अस्थायी संरचनामाथि गृह मन्त्रालयको निर्देशनपछि शनिबार बिहानैदेखि डोजर चलाइएको छ।

CP Hospital Dhangadhi

तालको ६५ मिटरभित्र पर्ने संरचना हटाउने अभियानमा बिहान साढे चार बजेदेखि नै सुरक्षा निकाय परिचालन गरिएको हो।
चर्चित पर्यटन व्यवसायीको वाटरफ्रन्ट रिसोर्टको स्विमिङ पुल, गेट र पर्खाल समेत भत्काइएका छन्।
झण्डै डेढ सय प्रहरी, सशस्त्र र नगर प्रहरी गरी ठूलो सुरक्षा उपस्थितिमा करिब ३० वटा संरचनामा डोजर चलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

Attariya Hospital

केही स्थानीयले सामान्य असहमति जनाए पनि ठूलो अवरोध नभएको प्रहरीले जनाएको छ।
मध्यरातमा काठमाडौंबाट निर्देशन आएपछि पोखरा महानगरसँग समन्वय गर्दै संरचना हटाउने प्रक्रिया अघि बढाइएको हो।
महानगरका अनुसार हटाइएका सबै संरचना अस्थायी भएकाले मुआब्जा वा भोगाधिकार प्रक्रियामा असर नपर्ने बताइएको छ।
अदालतमा स्टे अर्डरका लागि केही व्यवसायी गएका भए पनि अदालतले नदिएपछि अभियान अघि बढेको हो।

nawajiwan

पोखरा महानगरले ताल किनारको ६५ मिटर सीमा निर्धारण तथा पोल गाड्ने कामसमेत अघि बढाइरहेको छ।
यसैबीच प्रगति विवरण प्रधानमन्त्री कार्यालयमा बुझाइएको छ र आगामी चरणका लागि तयारी भइरहेको जनाइएको छ।
स्थानीय प्रशासनले ताल संरक्षण, पर्यावरणीय सन्तुलन र दीर्घकालीन पर्यटन विकासका लागि नियम कार्यान्वयन कडाइका साथ निरन्तर अघि बढाइने स्पष्ट पारेको छ भन्दै जनाएको छ हो ।