उपसभामुखमा राप्रपाको उम्मेदवारी, रास्वपासँग सहमति भएको शाहीको दाबी

Image
Nisarga Hospital

राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले उपसभामुख पदमा आफ्नो पार्टीले दिएको उम्मेदवारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको सहमतिमै भएको बताएका छन्। बिहीबार राप्रपा सांसद सरस्वती लामाको उम्मेदवारी दर्तापछि सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्।

CP Hospital Dhangadhi

शाहीका अनुसार उम्मेदवारी अघि सबै पक्षसँग छलफल गरिएको थियो। उनले रास्वपा सभापति रवि लामिछानेसँग समेत प्रत्यक्ष संवाद भएको उल्लेख गर्दै ‘रवि लामिछानेले फोन गरेर नै छलफल गर्नुभएको हो’ भने।

Attariya Hospital

रास्वपाले अन्य उम्मेदवारलाई समर्थन गर्ने चर्चा सम्बन्धी प्रश्नमा शाहीले त्यसलाई राजनीतिक प्रक्रिया भन्दै प्रतिक्रिया दिए। ‘उहाँहरूले आफ्नो राजनीति गर्न सक्नुहुन्छ, तर मैले सत्य बोल्नुपर्छ,’ उनले भने।

nawajiwan

राजनीतिमा यस्ता उतारचढाव सामान्य भएको उल्लेख गर्दै शाहीले परिस्थिति अनुसार समीकरण बदलिनु अस्वाभाविक नभएको बताए।