आर्टेमिस–२ सफल: चन्द्र परिक्रमा गरेर अन्तरिक्ष यात्री सुरक्षित पृथ्वीमा फर्किए

Image
Nisarga Hospital

Artemis II मिसनका चार अन्तरिक्ष यात्री करिब १० दिनको ऐतिहासिक यात्रा पूरा गरी सकुशल पृथ्वीमा फर्किएका छन्। शुक्रबार उनीहरू सवार Orion spacecraft प्रशान्त महासागरमा सुरक्षित अवतरण गरेको हो। NASAका अनुसार यो आधा शताब्दीपछि मानिसलाई चन्द्रमाको नजिक पुर्‍याएर फर्काइएको पहिलो मानवयुक्त मिसन हो।

CP Hospital Dhangadhi

पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा क्याप्सुलले २,७६० डिग्री सेल्सियससम्म ताप सहनुपरेको थियो भने प्लाज्माका कारण केही समय सम्पर्क विच्छेद भएको थियो। पछि प्यारासुट खुलेपछि क्याप्सुल सुरक्षित रूपमा अवतरण भयो।

Attariya Hospital

अप्रिल १ मा Cape Canaveralबाट उडेको यस मिसनले ११ लाख किलोमिटरभन्दा बढी दूरी तय गरेको थियो। यात्रामा Reid Wiseman, Victor Glover, Christina Koch र Jeremy Hansen सहभागी थिए।

nawajiwan

यो मिसनले भविष्यमा चन्द्रमा र मंगल ग्रहसम्म मानव अभियान विस्तार गर्ने आधार तयार गरेको छ, साथै नयाँ ऐतिहासिक कीर्तिमानहरू पनि कायम गरेको छ।