कञ्चनपुरको महेन्द्रनगर नाम फर्काउने माग्दै हस्ताक्षर अभियान : भीमदत्त नगरमा फेरि चर्कियो विवाद

Image
Nisarga Hospital

गणतन्त्र स्थापना पछि कञ्चनपुरको भीमदत्त नगरपालिका (पूर्व महेन्द्रनगर) को नाम परिवर्तनको विषय पुनः विवादमा आएको छ। स्थानीय युवाहरूले पुरानै “महेन्द्रनगर नगरपालिका” नाम पुनःस्थापना गर्न माग गर्दै हस्ताक्षर अभियान सुरु गरेका छन्।

CP Hospital Dhangadhi

सुजित श्रेष्ठ र अमृतकुमार जोशी लगायत युवाहरूको अगुवाइमा सुरु गरिएको अभियान आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो। अभियानकर्ताहरूले स्थानीय बासिन्दाको व्यापक समर्थन जुटाई संघीय सरकारसमक्ष दबाब सिर्जना गर्ने उद्देश्य राखेका छन्। एक महिनासम्म चल्ने यस अभियानमा संकलित हस्ताक्षरहरू सरकारलाई बुझाउने तयारी गरिएको छ।

Attariya Hospital

युवाहरूका अनुसार नाम परिवर्तनले महेन्द्रनगरको ऐतिहासिक पहिचान र स्थानीय भावनालाई ओझेलमा पारेको छ। त्यसैले पुरानो नाम पुनःस्थापना गर्नुपर्ने उनीहरूको माग छ।

nawajiwan

पछिल्लो समय स्थानीय तहको नामकरण र पुनःनामकरणको विषय देशभर बहसको केन्द्रमा रहँदै आएको छ। भीमदत्त नगरको यो अभियानले उक्त बहसलाई अझ तीव्र बनाउने अपेक्षा गरिएको छ।

Advertize US