इजरायल घटनामा ज्यान गुमाएका विपिन जोशीका परिवारलाई १० लाख सहयोग दिने सरकारको निर्णय

Image
Nisarga Hospital

सरकारले इजरायलमा ज्यान गुमाएका नेपाली नागरिक विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । गत २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले सो जानकारी सार्वजनिक गरेका हुन् ।

CP Hospital Dhangadhi

उनका अनुसार अध्ययनका लागि इजरायल गएका जोशी गाजामा भएको घटनामा परी ज्यान गुमाएका थिए । पीडित परिवारलाई राहत तथा सहयोग स्वरूप उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको उनले बताए ।

Attariya Hospital

यस निर्णयलाई सरकारले विदेशमा रहेका नेपालीको सुरक्षाप्रति संवेदनशीलता देखाएको कदमका रूपमा हेरिएको छ । साथै, शोकसन्तप्त परिवारप्रति राज्यले सहानुभूति प्रकट गरेको सन्देश पनि दिएको छ ।

nawajiwan

यसअघि मन्त्रिपरिषद् बैठकका सीमित निर्णय मात्रै सार्वजनिक गर्ने अभ्यास रहेकोमा अब भने विस्तृत निर्णय सार्वजनिक गर्न थालिएको पनि सरकारले जनाएको छ ।