अन्तरिक्षमै ‘डाटा सेन्टर’ बनाउँदै चीन, कम्प्युटिङ क्रान्तितर्फ ठूलो फड्को

Image
Nisarga Hospital

चीन ले अन्तरिक्ष कम्प्युटिङ उद्योगलाई तीव्र रूपमा अघि बढाउँदै नयाँ योजना सार्वजनिक गरेको छ। उपग्रह नेटवर्कमार्फत सिधै कक्षामै डाटा प्रशोधन गर्ने यस प्रविधिले परम्परागत डाटा सेन्टरभन्दा छिटो, ऊर्जा–किफायती र फराकिलो कभरेज दिने अपेक्षा गरिएको छ।

CP Hospital Dhangadhi

चाइना एकेडेमी अफ इन्फर्मेसन एण्ड कम्युनिकेसन टेक्नोलोजीका अनुसार कम्प्युटिङ स्याटेलाइटहरूले लेजर सञ्चारमार्फत तुरुन्तै डाटा प्रोसेस गर्न सक्नेछन्, जसले विपद् पूर्वचेतावनी र स्रोत अनुगमनलाई घण्टाबाट सेकेन्डमा झार्नेछ।

Attariya Hospital

यस योजनामा हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ र सुरक्षाका मापदण्ड विकाससँगै विकिरण प्रतिरोधी चिप्स र अन्तर-उपग्रह लेजर सञ्चार प्रविधिमा अनुसन्धानलाई प्राथमिकता दिइएको छ।

nawajiwan