
मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको असरले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली देखिएको छ भने सुदूरपश्चिम तराईमा मौसम प्रायः सफा रहेको छ।

आज दिउँसो पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ। यी प्रदेशका केही स्थानसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ।

लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने तापक्रम बढ्ने र तातो दिन अनुभव हुने अनुमान गरिएको छ, जसले जनजीवनमा असर पार्न सक्छ।

आज राति पनि पहाडी तथा हिमाली क्षेत्रमा बदली रहनेछ भने तराईमा आंशिक बदली रहनेछ। केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।






























