
जुर्मुरायो त्यो शिकागोको सहर कुनैबेला,
भिजायो रगतले धर्तिको अधर कुनैबेला।

उठेका थिए बोकेर सहास बिना हतियार,
इन्कलावी हुंकारले गुंज्यो सगर कुनैबेला।
श्रमजीविहरूको एकताले हिलायो धर्ती,
त्यसैको दुनियांभरी भयो असर कुनैबेला।

आठ घन्टा कामको समय आएन तेत्तिकै,
कयौंको बलिदानको थ्यो खबर कुनैबेला।
वर्गिय शङ्घर्षले ल्याएको अधिकार सबै,
श्रमिक एकताको थियो अफर कुनैबेला।
जसले जगायो यो सारा संसार नमन गरौं,
बनेकै छन् अंमर जो थिए निडर कुनैबेला।
॥१॥
फौलादलाई कुटी रहंदा त्यसको धार हुनसक्छ,
त्यो तिम्रो गर्धन रेट्ने एकदिन तरवार हनसक्छ।
विश्वमा श्रमजीविहरूले आफ्नो तागत चिनेभने,
उनैको त्यो दिन आफ्नो सारा संसार हुनसक्छ।
हाम्रो आपसी फूटले त्यो शक्तिशाली भएको हो,
आत्मघाती हाम्रो फुटको यो ब्यवहार हुनसक्छ।
आज हाम्रो। देशमा साम्राज्यवादी चल्खेल हुदा,
सांच्चै फूटको उस्लाई पनि इन्तिजार हुनसक्छ।

कसैले पनि नसोंचे हुन्छ निस्वार्थ सहयोग गर्ला,
उस्लाई हाम्रो होइन देशको सरोकार हुनसक्छ।
श्रमजीविको देश बनेको छ श्रमिक निर्यात गर्दा,
विश्वमा निस्वार्थ एकमात्र वर्गिय प्यार हुनसक्छ।
॥२॥
मनमा केछ त्यो रहश्य अनुहार बोलिरेहन्छ,
व्यवहारलेपनि मनको सरोकार बोलिरहन्छ।
आउन थाले अचम्भको लहर मुस्कुराहटमा,
के छ तिमि भित्र त्यो समाचार बोलिरहन्छ।
म मनै हुं आफूलाई कसैसङ्ग जोख्दैन मैले,
आफ्नै व्यवहार नै बनि औतार बोलिरहन्छ।
मनको आगन ठूलो हुनेरहेछ मान्छेको पनि,
खामोस छ तर विचार अनुसार बोलिरहन्छ।
उसका दुश्मन् थिएनन् मात्र उ स्वार्थ थियो,
त्यसैले बन्छ र दुश्मनि आधार बोलीरहन्छ।
सडक र सदन उसका लागि एकैनास भयो,
जहां गयो त्यहीं हुन्छ मारा मार बोलीरहन्छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८































