मुम्बईको रोमाञ्चक जित: २२९ रनको लक्ष्य सहजै पछ्याउँदै लखनउ पराजित

Image
Nisarga Hospital

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ४७औँ खेलमा Mumbai Indians ले Lucknow Super Giants लाई ६ विकेटले पराजित गर्दै रोमाञ्चक जित निकालेको छ। मुम्बईस्थित वाङ्खेडे मैदानमा भएको उच्च स्कोरको खेलमा मुम्बईले २ सय २९ रनको विशाल लक्ष्य १८.४ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो।

CP Hospital Dhangadhi

मुम्बईको जितमा ओपनर Ryan Rickelton नायक बने। उनले ३२ बलमा ८३ रनको विष्फोटक इनिङ्स खेल्दै टोलीलाई सशक्त सुरुआत दिलाए र ‘प्लेयर अफ द म्याच’ घोषित भए। कप्तान Rohit Sharma ले पनि ४४ बलमा ८४ रन बनाउँदै उत्कृष्ट साथ दिए। यी दुईबीच पहिलो विकेटका लागि १४३ रनको साझेदारी बनेको थियो।

Attariya Hospital

यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २ सय २८ रन बनाएको थियो। जितसँगै मुम्बईले १० खेलबाट ६ अंक जोड्दा लखनउ ९ खेलमा ४ अंकसहित पुछारमा रहेको छ।

nawajiwan