पश्चिमी प्रणालीको प्रभाव: देशभर वर्षा र हिमपातको सम्भावना

Image
Nisarga Hospital

मौसम पूर्वानुमान महाशाखा ले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भूभाग नजिकको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ। यसको असरले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भएको छ भने तराईका भूभागमा आंशिक बदली रहेको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानमा पनि हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

Attariya Hospital

आज राति पनि मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

nawajiwan